रम रम मरौटीको करोड भ्युज, पुजालाई फ्यानको स्वागत


ब्युटी न्युज नेपाल
काठमाडौँ, ४ मंसिर

नेपाली लोक तथा दोहोरी गीत ‘रमरम मरौटी’लाई युट्युवमा एक करोड २५ लाख भ्युज पाएको छ । यही उपलक्ष्यमा यसगीतको निर्माण टिमले केक काटेर सेलिब्रेशन गरेको छ ।

शनिबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै गीतको टिमले केक काटेर अडियो तथा भिडियोमा आबद्ध कलाकार तथा प्राविधिकहरुलाई मायाको चिनो प्रदान गरेको थियो । ५० दिन अघि ओबि रायमाझि युट्युव च्यानलबाट अपलोड गरिएको यस गीत एक महिनामै करोड पटक हेरिएको थियो भने अहिले यस समाचार तयार पार्दासम्म १ करोड २५ लाख पटक हेरिएको छ ।

कार्यक्रममा पुजा शर्मालाई उनका प्रसँसकहरुले साथ दिए। उनीहरुले केक काटेर रम रम मरौटीको सफलतामा पुजालाई साथ दिए । प्रसँसकको साथले पुजा पनि निकै खुसी भईन् ।

कार्यक्रममा यस गीतका गायक तथा संगीतकार खेम सेन्चुरीले छोटो समयमै ‘रमरम मरौटी’लाई दिएको ठुलो साथप्रति सम्पुर्ण दर्शक तथा स्रोतालाई धन्यवाद ब्यक्त गर्नुभयो । ‘दर्शक तथा स्रोतालाई पनि बिशेष धन्यवाद दिनैपर्छ । हामीले बनाएका हरेक गीतलाई उत्तिकै माया गरिरहनुभएको छ ।’ खेमले भन्नुभयो । ‘अर्को कुरा यो गीतमा अडियो देखि भिडियोमा पर्दा अगाडी र पछाडी धेरैले महत्वपुर्ण भूमिका निभाउनु भएको छ । उहाँहरुलाई पनि बिशेष सम्झिउको छु ।’ गायिका अस्मिता अधिकारीले पनि राम्रो गीत गाउन दिएकोमा खेमसँगै टिमलाई धन्यवाद ब्यक्त गरिन् ।

गीतका मोडल तथा गीत बनाउनका लागी माहोल बनाउनु हुने ओबि राएमाझिले पनि आफूले काम गरेको गीतलाई दिएको मायाले आफू निकै खुसी भएको र भोलीको दिनमा अझ राम्रो काम गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा भिडियोकी कलाकार पुजा शर्माले लोक तथा दोहोरी गीतमा काम गर्दा निकै आनन्द आउने र नेपाली संगीतको स्रोतनै लोकगीत भएको जनाइन्,‘कतिपयले मलाई अझै पनि सोध्नुहुन्छ, किन दोहोरीमा काम गरेको, किन यस्तो गीतहरुमा काम गछौं भन्नुहुन्छ, नेपाली गीतसंगीतको इतिहास हेर्नेहो भने लोकगीतबाटै सुरु भएको हो । त्यसैले मैले लोक तथा दोहोरी गीतलाई सधैं माया गर्छु ।’ पुजाले भनिन,‘म लोकगीत सुनेरै हुर्किएकी हुँ त्यसैले लोकगीतमा काम गर्न पाउँदा सधैं खुसी हुन्छु ।’ पुजाले सुरुमा गीतमा प्रयोग भएका मरौटी र करौटीको अर्थ नबुझेको र पछि कोरियोग्राफर तथा निर्देशक रामजी लामिछानेले बुझाएपछि सुन्दा झनै आनन्द लागेको बताए । कार्यक्रममा एरेन्जर श्याश्वेत रसाइलीले पनि आफ्ना भनाई राखे ।

युट्युवमा करोड भ्युज पुगेपछि आम्दानी भने सार्वजनिक गरिएको थिएन । गीत अपलोड गरिएको उक्त युट्युव च्यानलका सञ्चालक ओबि रायमाझिले गीतले लगानी उठाएको र केहि मुनाफा भएको तर निकै धेरे आम्दानी भने करोड भ्युज पुग्दैमा नहुने बताउनु भयो । प्रिन्सेस खरेलको लगानी रहेको गीतमा नेत्र अर्यालको शब्द रहेको छ । कार्यक्रम गोपिकृष्ण चापागाईंले सन्चालन गरेका थिए ।