ब्युटी न्युज नेपाल
काठमाडौं, २ मँसिर

पाचौं राष्ट्रिय समावेशी म्यूजिक (निम) अवार्ड २०२२ हुने भएको छ । यो अवार्डको आवेदन खुला गरिएकोछ । नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड भनिएको यसको यो आगामी २० चैत्रमा ¥याडिसन होटेल काठमाडौमा सम्पन्न हुने छ । उक्त अर्वाडका लागी यहि मंसिर १ गतेवाट आवेदन फारम खुल्ला गरिएको हो ।

अंग्रेजी क्यालेन्डर अनुसार २०२१ जनवरी १ देखि २०२१ डिसेम्बर ३० सम्म (१वर्ष भित्रमा) बजारमा आएका गीत तथा भिडियोहरुलाई समावेश गरिने आयोजक समितिको निर्देशक कमला जोशीले वताईन् । गीतहरु दर्ता गर्नको लागी आवेदनको अन्तिम म्याद पौष २५गते सम्मको लागी निर्धारण गरिएको वताईएको छ ।

निम अवार्डमा पहिलो वर्ष देखी नै नेपालमा बोलीने विभिन्न भाषा–भाषीका गीत संगीतहरुलाई बिशेष प्राथमिकताका साथ समेटिदै आएको र अहिले सम्मकै बृहत संख्याका भाषाभाषीका गीतहरुको उत्साहपुर्वक सहभागिता हुदै आएकोले पनि यसलाई नेपालकै पहिलो समाबेशी अवार्डको नारा दिईएको हो ।

नेपाली सहित काँठे भाका, देउडा भाका, नेपाल भाषा, तामाङ भाषा, मैथली, भोजपुरी, राई , लिम्बु , चौधरी, शेर्पा, मगर, गुरुङ, सतार, सुनुवार भाषाका गीत र भिडियोहरु अवार्डमा सहभागी हुँदै आएका छन् भने यस वर्ष पनि ती भाषाका गीत संगीतहरुलाई अवार्ड कार्यक्रममा समेटिने आयोजक समितिले जनाएको छ ।