रामजी र सम्झनाको चाँदनीमा प्रकाश र केकीको रोमान्स


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ कात्तिक

गायक रामजी खाँड र गायिका सम्झना भण्डारीको स्वर नयाँ गीत चाँदनी…दर्शकमाझ आएको छ । जसमा लय तथा शब्द सुजन लम्सालको रहेको छ । गीतमा एरेन्ज सुनिल परियारले गरेका छन् । गीतको भिडियोमा प्रकाश सपुत र केकी अधिकारीको अभिनय छ । उनीहरुको रोमान्स आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।

पृथ्वी इन्टरटेनमेन्टको प्रस्तुत रहेको यो गीतको भिडियो एक समारोहका बिच सार्वजनिक गरिएको छ । कार्यक्रममा बोल्दै गायक रामजी खाँडले गीतको अडियो नै सुरुमा बलियो लागेकोले आफूलाई मन छोएको बताए ।

गायिका सम्झना भण्डारीले बजारमा थुप्रै गीत आइरहदा केहि फरक गर्ने कोसिसका साथ नयाँ गीत ल्याएको जानकारी गराइन् । सम्झनाले यसअघि पनि पृथ्वी इन्टरटेनमेन्टबाटै सार्वज्निक थुप्रै गीत गाएकी छिन् ।

भिडियोका कलाकार प्रकाशले आफ्नो गीतसंगीतको करिअरनै पृथ्वी इन्टरटेनमेन्ट बाटै सुरु गरेको सम्झिए । नायिका केकी अधिकारीले पनि गीतको अडियो सुन्ने बित्तिकै मन छोएको र गीतका शब्दले पनि आफूलाई तानेको बताइन् ।
भिडियोमा बिक्रम स्वारको निर्देशन छ भने नवराज उप्रेतीले खिचेका हुन् । भिडियो प्रविन भट्टले सम्पादन गरेका हुन् ।

पत्रकार गोपिकृष्ण चापागाईंले सञ्चालन गरेको गीत सार्वजनिक कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय अध्यक्ष लोकप्रिय गीतकार रमेश बिजीले गीतलाई शुभकामना दिए ।