तीन दर्जन कलाकारलाई बिराट म्युजिक अवार्ड तथा सम्मान


ब्युटी न्युज नेपाल
काठमाडौं २५ कात्तिक

केही समय यताबाट अवार्डको क्रम बढेको छ । यसै क्रममा काठमाडौंमा पहिलो बिराट म्युजिक एन्ड फिल्म अवार्ड सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान तथा अवार्ड प्रदान गरियो ।

अधिराज्य मिडिया नेटवर्क प्रालिले आयोजना गरेको सो अवार्ड समारोहमा युवा तथा खेलकुद मन्त्री महेश्वरजँग गहतराजलगायतले अवार्ड तथा सम्मान प्रदान गरे ।

सोही कार्यक्रममा अग्रज गायिका मन्जु थापा र अभिनेता सरोज खनाललाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा कला क्षेत्रमा सक्रिय केही पत्रकारलाई राष्ट्रिय पत्रकारिता सम्मानबाट सम्मानित गरिएको छ । सम्मानित हुने पत्रकारहरुमा राजधानी दैनिकका पत्रकार डब्बु क्षत्री सहित ग्यालेक्सी टिभीका पत्रकार बिष्णु सुवेदी, रातोपाटी डटकमका पत्रकार कुवेर गिरी, हिमालय टाईम्सका पत्रकार गोपिकृष्ण चापागाई र खबर हब डटकमका पत्रकार नेमिष गौतम रहेका छन् ।

यस्तै पत्रकार लक्ष्मण सुवेदीलाई सोही कार्यक्रममा बिराट पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरियो । उनलाई पुरस्कारसँगै १५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

सो अवार्ड समारोहमा यो वर्षको सर्वोत्कृष्ट आधुनिक संगीतकारको अवार्ड यस्तो मायाँबाट संगीतकार दीपक शर्माले प्राप्त गरेका छन् । यस्तै आधुनिक तर्फ नै गायकको अवार्ड प्रताप दासले, गायिकाको अवार्ड बेनिशा पौडेलले, आधुनिक गीत म्युजिक भिडियो पुरुष मोडलको अवार्ड कमल सिंहले, महिला मोडलको अवार्ड एलिजा गौतमले, म्युजिक भिडियो निर्देशकको अवार्ड बिज्ञान राईले, भिडियो नव निर्देशकको अवार्ड शाहिल खानले, भिडियो सम्पादकको अवार्ड बिष्णु खड्काले, भिडियो छायाँकारको अवार्ड पुरुषोत्तम प्रधानले प्राप्त गरेका छन् ।

कार्यक्रममा पप तर्फ पप गायकको अवार्ड पानी कुवाको गीतबाट अलिप खानले जितेका छन भने गायिकाको अवार्ड सालघारीबाट रानी शाक्यले र पप संगीतकारको अवार्ड सिरानीलाई…बाट ओमप्रकाश राईले प्राप्त गरेका छिन् ।

यस्तै लोक गायन तर्फ गायकको अवार्ड नविन कुमार पौडेलले, लोक गायिकाको अवार्ड लक्ष्मी आचार्यले हाँसिल गरेका छन् ।

संगीत तर्फ नै विभिन्न व्यक्तिले जुरी अवार्ड प्राप्त गरेका छन् । जुरी अवार्ड प्राप्त गर्नेहरुमा निर्देशकबाट आकाश अधिकारी र कुमार आचार्य, पप गायकबाट सुरज पौडेल, मोडलबाट उमा बेबी र जानकी कुँवर, छायाँकारबाट राजेश खड्का र पुरुषोत्तम पराजुली र मेकअपबाट सुनिता मरासैनी, नारायण भट्टराई र निशा राना रहेका छन् । कार्यक्रममा गायिका मिलन नेवारलाई पपुलर च्वाईस अवार्ड प्रदान गरियो ।

यस्तै राष्ट्रिय कलाकार सम्मानबाट डा. डिआर उपाध्यायलाई सम्मानित गरियो । सोही सम्मान प्राप्त गर्नेहरुमा खलपात्र तुलसी प्रसाद श्रेष्ठ, कलाकार पुष्टबहादुर घिमिरे, गायिका विधा तिवारी, ध्वनी मिश्रणबाट मनोज परियार र चलचित्र सम्पादकबाट नहकुल खड्का थिए । नवराज श्रेष्ठलाई युवा उधमी सम्मान प्रदान गरियो ।

यस्तै कार्यक्रममा बिराट फिल्म अवार्ड तर्फ चलचित्र निर्देशकको अवार्ड बेदप्रसाद भूर्तेलले, अभिनेताको अवार्ड चलचित्र मन्दिराबाट नरेन खड्काले, अभिनेत्रीको अवार्ड चलचित्र लक्ष्मीरानीबाट शुभेच्छा थापाले, सह अभिनेताको अवार्ड चलचित्र लक्ष्मी रानीबाट धिरेन शाक्यले, नृत्य निर्देशकको अवार्ड कमल राईले, चलचित्र सम्पादकको अवार्ड आमाबाट दीर्घ खड्काले, सम्पादन तर्फ नै स्पेशल अवार्ड भूपेन्द्र खड्काले प्राप्त गरेका छन् ।

चलचित्र पाश्र्व संगीतको अवार्ड चलचित्र म त मर्छुकी क्याहो चलचित्रको ओ मेरो परान गीतबाट राजेन्द्र बजगाईंले, द्धन्द्ध निर्देशकको अवार्ड ब्याड ब्वाईबाट राजु जँग थापाले, खलपात्रको अवार्ड चलचित्र धन्दागिरीबाट दिनेश खड्काले, प्रोडक्सन म्यानेजरको अवार्ड शँकर बस्नेतले, मेकअप आर्टिष्टको अवार्ड राकेश रनपालले र टेली चलचित्र तर्फ अभिनेत्रीको अवार्ड भद्रगोल टेलिफिल्मबाट आशा भुसालले प्राप्त गरे ।

यो अवार्डको जुरीमा निर्देशक मदन घिमिरे, छायाँकार, जीवन पराजुली, रविचन्द्र कोईराला, सञ्चारकर्मी सरोज ओझा र अग्रज संगीतकार राजु सिंह थिए ।