शिखर टिकटक स्टार नेपालको खोजी सुरु


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ कात्तिक

लोकप्रिय डिजिटल प्लेटफर्म टिकटकमा केन्द्रित रहेर टेलिजिन रियालिटी शोको घोषणा भएको छ । शिखर नेपाल प्रा.लि.ले आयोजना गर्ने शोको नाम “शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८” राखिएको छ । अभिनय, गायन, नृत्य तथा क्रियटिभ प्रस्तुतिको माध्यमबाट सहभागी हुन सकिने शो को बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईएको छ ।

कलाकार गौरी मल्ल, रमेश उप्रेती तथा बर्षा शिवाकोटी शोको निर्णायकका रुपमा रहेका छन् । टिकटकको प्रयोग पनि सही र राम्रा कामका लागि हुन सक्छ भन्ने मान्यता राखेरै शोको निर्णयक हुन आफुहरु तयार भएको छ । प्रथम हुनेलाई कार, दोस्रो हुनेलाई मोटरसाईकल र तेस्रोलाई स्कुटर उपहारसंगै टप १० भित्र पर्ने प्रतिस्पर्धीहरुलाई समेत कम्प्युटर, क्यामेरा, टि.भि., फ्रिज, मोवाईल, घडी लगायतका उपहार दिने शोका निर्देशक हरी शर्माले पत्रकार सम्मेलनका माझ बताएका छन् ।

तनहु क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एकिकृत समाजवादीका सांसद रहेका श्रेष्ठलाई समेत शिखर नेपाल प्रा.लि.ले बधाई तथा सम्मान प्रदान गरेका छ । उक्त समारोहका बोल्दै मन्त्री श्रेष्ठले डिजिटल माध्यमलाई आत्मसाथ गर्दै आयोजना हुन लागेको “शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८” टेलिभिजन शो निक्कै अर्थपूर्ण रहेको बताए । टिकटकका माध्यमवाट समाजमा नकरात्मकता कुराहरु मात्रै बढी प्रवाह भैईरहेको भन्ने खाल्का तिता टिप्पणीलाई “शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८” तोड्ने विश्वास रहेको बताए ।

टिकटकलाई पनि कला क्षेत्रमा राम्रा प्रतिभा उत्पादन गर्ने प्लेृटफर्म बनाउंन सकिन्छ भन्ने उदेशयका साथ कार्यक्रम आयोजना गर्न लागिएको शिखर नेपालका अध्यक्ष शेखर खनालले सुनाए । नाईस टेलिभिजन एचडीबाट प्रशारणमा आउंने शोमा टेक प्रसाद बास्तोला निर्माताका रुपमा रहेका छन् । गायन, नृत्य, अभिनय तथा क्रियटिभ प्रस्तुति रहने भिडियो १५ सेकेण्ड देखि ३ मिनेट सम्मको हुनुपर्नेछ भने अनलाईन अडिसनको समय मंसिर मसान्त सम्म आव्हान गरिएको छ ।