छत देखि घाटसम्म नेपाली नायिकाका छठ पर्व


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ कात्तिक

बिगतमा तराईमा मात्र बनाउने छठ पर्व केही पछिल्लो समय देखि काठमाडौंमा पनि मनाउन थालिएको छ । यसै क्रममा नेपाली चलचित्रका नायिकाहरुले पनि यो पर्व मनाउन थालेका छन्। बिगतमा झैं नेपाली चलचित्रका नायिकाहरुले पनि छठ पर्व मनाएका छन् । उनीहरुले फरकफरक शैलीमा छठ मनाएका छन् । नायिकाहरुले घरको छत देखि खोलामा समेत पुगेर छट पर्व मनाएका छन् ।

यसै क्रममा नायिका सञ्चिता लुईटेलले यसपटक आफ्नो घरको छतमै बसेर यो पर्व मनाएकी छिन् । विभिन्न व्यस्तताले गर्दा खोला तथा पोखरीसम्म पुग्न नभ्याएकी यी अभिनेत्रीले आफ्नो परिवारसँग मिलेर घरको छत मै यस पटकको छठ पुजा सम्पन्न गरेकी छिन् । पहिलो पटक घरको छतमा बसेर छठ पुजा मनाउँद निकै फरक अनुभव भएको यी अभिनेत्रीले बताएकी छिन् । घरको छतमा पानीको श्रोत तयार गरेर यो पर्व निकै रमाईलोसँग मनाउँदै आज बिहिबार बिहान सूर्यलाई अर्घ दिएको सँचिताले बताएकी छिन् ।

यस्तै अभिनेत्री रेखा थापाले पनि बिगतका वर्षमा जस्तै यो वर्ष पनि छठ पर्व भव्यताका साथ मनाएकी छिन् । उनी बुधबार बेलुका नै छठ पूजा गर्दै अस्ताउँदो सूर्य लाई अर्घ दिन काठमाडौंको गौरीघाटमा पुगेकी थिईन् । उनी विभिन्न फलफुल र सामग्री सहित अस्ताउँदो सूर्यलाई अर्घ दिएर बुधबार बेलुका गौरीघाटमा छठ पर्व मनाईन् । बेलुका अबेलासम्म घाटमा जाग्राम बसेर पुजा गरेकी रेखाले आज बिहिबार बिहान उदाउँदो सूर्यलाई पानी चढाउँदै अर्घ र फलार चढाएर यो पर्व सम्पन्न गरेकी छिन् ।

अभिनेत्री करिश्मा मानन्धरले पनि यो वर्षको छठ पर्व मनाएकी छिन् । सबैलाई यो पर्वको शुभकामना दिँदै छठ पर्व मनाएकी हुन् ।