चलचित्र कुईनेटोको जलेको जल्यै… सार्वजानिक


ब्युटी न्युज नेपाल
काठमाडौ, २० कात्तिक

चलचित्र कुईनेटोको दोश्रो गीत ‘जलेको जल्यै छ यो मन बोल…’को भिडियो सार्वजानिक भएको छ । शुभदिपावलीको अवसर पारेर यो गीतलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो । पुरुषोत्तम लोहानीले लेखेका यो गीतमा अनिल विरहिको संगीत छ । गीतलाई राज सागरले गाएका हुन् ।

कमला जोशीको प्रस्तुती रहेको यो चलचित्रलाई माधव राज खरेलले निर्देशन गरेका हुन् । यो चलचित्रलाई छिट्टै सार्वजनिक प्रर्दशनीमा ल्याउने निर्माण कम्पनीले जनाएको छ । निर्देशक खरेलकै लेखन रहेको उक्त चलचित्रमा श्रीदेव भट्टराई, सानिया खान, श्रीजु अधिकारी, केशव सापकोटा, मनिराज लिम्बु, नवराज रिमाल, गंगा भुजेल, मोतीराम जैशी, सिद्धान्त क्षत्री, साहिल चौधरी, दिपेश जैसी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

सुदुरपश्चिमको विभिन्न रमणीय एवं पर्यटकिय स्थानमा छायांकन गरिएको चलचित्र कुईनेटो मौलिक विषय वस्तु समावेश भएको प्रेम कथामा आधारित हाँस्य विधामा वनेको चलचित्र हो । स्थानिय चौधरी र अछामी भाषा र संस्कृतिलाई चलचित्रमा समेटिएको निर्देशक माधव राज खरेलले वताएका छन् । हाँस्य विधामा समेटिएको चलचित्रमा माया, प्रेम, समर्पण, सद्भाव आदिलाई कलात्मक रुपमा चलचित्रमा प्रस्तुत गरिएको छ ।

चलचित्रमा किरण दाहालको द्धन्द निर्देशन, रुपेश उप्रेतीको नृत्य निर्देशन, जनकराज अधिकारी र जीवन पराजुलीको छायांकन, नरेश खरेलको श्रृंगार, प्रदिप दाहाल र राजेश कुमारको सम्पादन छ । चलचित्रमा सन्तोष श्रेष्ठ, श्रेयसी चेम्जोङ, यूवराज चौलागाई, राज सागर, पशुपति ताम्रकार, अनिल विरही, सुरेश अधिकारी, पुरुषोत्तम लोहनी लगायतका श्रष्टा एवं सर्जकहरुको स्वर, शव्द र संगीत रहेको छ ।