रमेशले मुखबाटै कागको आबाज निकालेर गरेर काग सम्मेलन


ब्युटी न्युज नेपाल
कात्तिक १७, काठमाडौं

एक सय भन्दा बढी पशुपन्छीको आबाज निकाल्ने कलाकार एवम् लोक गायक रमेश दुलाले बिगत १८ बर्ष देखी काग तिहारको अवसर पारेर काग सम्मेलन गर्दै आएका छन् । कलाकार रमेश दुलालले यसबर्ष पनि १८ औं काग सम्मेलन गरेका छन् । काठमाडौंको शान्तिबाटिका गेट, रत्नपार्कमा बिहान ६ बजे काग तिहारको अवसर पारेर काग सम्मेलन गरेका हुन् । रमेशले आफ्नो मुखबाट कागको आवाज निकालेर काग जम्मा पारेका थिए ।

मँगलबार बिहान ६ बजे नै जब कलाकार दुलालले विभिन्न शैलीबाट कागको आबाज निकाले । त्यसपछि रत्नपार्क मात्र हैन अन्य क्षेत्रका काग पनि त्यहाँ जम्मा भए । त्यो दृष्य धेरैका लागि रोचक बनेको थियो ।

राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको १८ औं बृहत काग सम्मेलन कार्यक्रम निकै आकर्षक बन्यो । मुखबाट १ सय ७३ जीव जनावर तथा चराचुरुङ्गी, तथा बाजाको आवाज निकाल्न सक्ने दाबी गर्ने रमेशले काग तिहारको शुभकामना सहित काग सम्मेलन गरेको बताए ।