मिस युनिभर्स नेपाल बनिन् सुजिता


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ कात्तिक

सुजिता बस्नेतले ‘मिस युनिभर्स नेपाल २०२१’ को उपाधि जितेकी छन् । शनिबार अबेर साँझ राजधानीको होटल याक एन्ड यतिमा आयोजित ग्रान्ड फिनालेमा उनले १५ प्रतियोगीलाई पछि पर्दै ताज जितेकी हुन् । दुई सवटाइटल समेत जितेकी विजेता बस्नेतले १० लाख नगद प्राप्त गरिन् । उनी मिस युनिभर्स नेपाल २०२१ बन्दै हिरा जडित ताज लगाउन सफल भइन् । गत बर्षकी ‘मिस युनिभर्स नेपाल’ विजेता अंशिका शर्माले उनलाई ताज पहिर्याएकी थिइन् ।

उत्कृष्ट १६ बाट १० र ५ हुँदै अन्तमा विजेता घोषणा गरिएको कार्यक्रम उमङ्ग क्रियसन आयोजक र प्रशोधन कम्पनि ओरिफ्लेम मुख्य प्रयोजक रहेको प्रतियोगीतामा निनाकान्ता मण्डल फस्ट रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप, प्रतिक्षा महरा क्षेत्री थर्ड रनरअप, डा। केशु खड्का फोर्थ रनरअप घोषित भए ।

विजेता बस्नेत आगामि १२ डिसेम्बरमा इजायलमा आयोजना हुने बिश्व चर्चित अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिस युनिभर्स’मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन् । बिभिन्न उप शिर्षकमा विजेता समेत छानिएको प्रतियोगीको निर्णायकमा गायिका इन्दिरा जोशी, मानसी अग्रवाल, सरिता ज्ञावली लगायत रहेका थिए ।

गतवर्ष ‘मिस युनिर्भस’मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’ की विजेता अंशिका शर्माले गरेकी थिइन् । प्रतियोगिताको फ्रेन्चाइज नेपालमा ‘मिस नेपाल अर्थ २०१२’ नग्मा श्रेष्ठले व्यक्तिगत पहलमा भित्र्याएकी हुन् । सन् २०१७ मा उनी पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै ‘मिस युनिभर्स’ सहभागी भएकी थिइन् ।