काठमाडौंमा चलचित्र बाबरीको छायाँकन जारी


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ कात्तिक

चलचित्र बाबरीको यतिबेला काठमाडौंमा छायाँकन भईरहेको छ । कोरोना महामारीका कारण रोकिएका यो चलचित्रको छायाँकन बिहिबारबाट सुटिङ सुरु भएको छ । यो चलचित्रको बैशाखमा लेटाङमा शुभमुहूर्त गर्दै छायाँकन थालिएको छ । गत १६ बैशाखबाट मुलुक भर कोरोनाको कारण निषेधाज्ञा गरिएपछि यो चलचित्रको छायाँकन रोकिएको हो ।

काठमाडौंमा एउटा गीतको छायाँकन सकेर यो चलचित्रको युनिट बाँकी छायाँकनको लागि दार्जिलिङ लाग्ने भएको छ । गीतको छायांकन सकिएपछि आफुहरु दार्जिलिङ जाने निर्माता पुष्पा बुढाथोकीले बताएकी छिन् ।

यो चलचित्रमा अभिनेत्री अदिती बुढाथोकीसँगै धिरत मगर र धिरज टोटलानी मुख्य भूमिकामा छन् । अभिनेत्री तृप्ती टोटलानीको छोरा धिरज टोटलानीले यही चलचित्रबाट नेपाली फिल्ममा डेब्यु गर्दैछन् । अभिनेत्री अतिदी पछिल्लो समय मुम्बई बसेर उतै काम गर्दै छिन् । आफ्ना आमा पुष्पा बुढाथोकीले निर्माण गरेको चलचित्र बाबरीका लागि उनी नेपाल आएकी हुन् ।

यतीबेला कोरोनाको महामारी घटेको र स्थानीय निकायले छायाँकन गर्ने अनुमति दिएकाले आफुले पुन छायाँकन सुरु गरेको यसका निर्देशक सुरेन्द्र पौडेलले बताए ।