पलसँगको सम्बन्धबारे समीक्षाको यस्तो जवाफ


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ कात्तिक

अभिनेता पल शाहसँग केही समय देखि प्रेम सम्बन्ध रहेको भन्दै विभिन्न सञ्चाल माध्यममा समाचार आएपछि गायिका समीक्षा अधिकारीले बल्ल त्यो समाचारको खण्डन गरेकी छिन् । यो विषयमा अभिनेता पल शाह मौन रहेको बेला गायिका समीक्षाले सामाजिक सञ्जाल फेसबुक मार्फत खण्डन गरेकी हुन् ।

पल शाहसँग प्रेम सम्बन्ध रहेको र उनीहरु एक वर्ष भित्र विवाह बन्धनमा बाँधिने समाचार बाहिर आएको छ । पल र समीक्षा बीचको सम्बन्धले बिबादको रुप लिएपछि उनीहरुबीच एक वर्ष पछि विवाह हुने सहमती पल र समीक्षाका परिवारबीच भएको समाचार पनि बाहिरिएको छ । यही समाचारलाई गायिका समीक्षा अधिकारीले अश्विकार गर्दै पलले आफुलाई अभिभावकको रुपमा मायाँ गर्दै आएको बताएकी छिन् । उनले सो बारे सामाजिक सञ्जालमा यस्तो लेखेकी छिन् ।

‘मलाई समिक्षा अधिकारी बनाउनु हुने मेरा सम्पुर्ण दर्शक श्रोता ज्युहरुमा हार्दिक नमन गर्दछु। पछिल्लो समय मेरो बारेमा नायक पल शाह ज्यु सङ्ग जोडेर हुँदै नभएको कपोलकल्पित समाचार हरु आएका छन । यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा मेरो र पलजीको सम्बन्धलाई तोड मोड गरेर तुच्छ प्रकारका कुराहरु मेडियामा आएका छन । जसले मेरो चरित्र हत्या भएको छ । यसका साथ साथै पलजीको क्यारिअर माथि आँच आउने किसिमले सस्तो प्रचार बाजि गरिराको छन । यसो नगर्नुहुन अनुरोध गर्दछु । बिना स्रोत अफबाहमा लेखिएका यी समाचारले हामिलाई सामाजिक र चारितृक रुपमा निकै नै असर पुराएको छ । यस कुरा प्रती म र मेरो परिवार खेद प्रकट गर्दछौ । एउटै इण्डसट्रीजमा भएको हिसाबले पलजीले मलाई अभिभावक को हिसाब ले माया गर्नुहुन्छ । मेरो कला र क्षमता लाई माया संरक्षण गर्नुहुन्छ । म उहाको सदैव फ्यान पनि हुँ ।र हजुरहरुको माया रहेसम्म सधै राम्रो काम गरिरहने छौ । राष्ट्रको चौथो अङ्ग मानिएको पत्रकारिता का अग्रज र दिग्गज अभिभावक हरुले पनि यसरी मानहानी र चरित्र हत्या हुने किसिमले लेखिएका समाचारले निकै दुःखी छु । मैले यो अपेक्षा गरेको थिएन ।

म जे छु जहा छु यो सब मेरा भगवान रुपि दर्शक श्रोता को देन हो र हजुरहरुलाई कुनै पनि कुराले निराश गर्न सक्दिन र गर्ने छैन । मेरो बारेमा मेडियामा आएका झुटा समाचार हरु प्रती घोर निन्दा गर्दछु र हजुरहरु यसको पछाडी नलाग्नुहुन हार्दिक अनुरोध गर्दछु । अन्त्यमा सम्पुर्ण पत्रकार ज्युहरु लाई पनि हार्दिक निबेदन गर्न चाहन्छु कसैको व्यक्त्तिगत जिवनमा आच आउने मान हानी तथा चरित्र हिन हुने किसिमको समाचार नबनाउनु होला । सबैलाई धेरै धेरै माया धन्यबाद ।”