मायाँ लाउनै जानिन भन्दै सुधिर र बिना


ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ कात्तिक

गायक रबिन बर्तौला र गायिका बिन्दु परियारले युगल स्वरमा नयाँ गीत माया लाउनै जानिन…को म्यूजिक भिडियो दर्शकमाझ ल्याएका छन् । गायक बर्तौलाकै शब्द र संगीत शृजना रहेको गीत रोमान्टिक शैलीमा तयार पारिएको छ । गायक बर्तौला पेशाले इञ्जिनियर हुन् ।

प्रेम र रोमान्स गर्ने उमेरका युवा युवतीले थाहै नपाई हेराहेरमा लगाइने माया प्रेम र रोमान्सको कथालाई देखाइएको भिडियोमा पछिल्लो पुस्ताका चर्चित टिकटकरद्धय सुधिर श्रेष्ठ र बिना राउतको अभिनय रहेको छ ।

अच्युत बजगाईको सम्पादन रहेको भिडियो हाइलाइट्स नेपालबाट बजारमा आएको हो । रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोको छायांकन बाबु श्रेष्ठले गरेका हुन् ।