कबड्डी ४ को छायाँकन मुस्ताङबाट सुरु


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ कात्तिक

चलचित्र ‘कबड्डी’को चौथो श्रृङ्खलाको छायांकन मुस्ताङबाट गरिने भएको छ । यो चलचित्रको छायांकनका लागि निर्देशक गुरुङ सहितको टोली ३ दिन अगाडि मुस्ताङ पुगेको हो । चलचित्रका कलाकार र प्राविधिक टोली बिहिबार मुस्ताङतर्फ प्रस्थान गरेको छ ।

यो चलचित्रका निर्देशक रामबाबु गुरुङले ३५ दिनमा छायाँकन सक्ने बताएका छन् । मणिराम पोखरेल निर्माता रहेको यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्दि तामाङ, मिरुना मगर, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतका कलाकारको अभिनय रहनेछ ।