रुचाईयो भिम बिसीको देउडा भाका परानी


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ कात्तिक

गायक तथा संगीतकार गीतकार भिम बीसीलेको नयाँ गीत परानी…को भिडियोलाई अहिले रुचाईएको छ । संगीतकार भिम बीसीले सुदुर पश्मिको देउडा भाकामा मौलिक स्वादमा यो गीतलाई उतारेका छन् । सोही कारण पनि गीत मिठास बनेको छ । यो गीतको भिडियोमा आफ्नो मायालुलाई छोडेर जानु पर्दाको बिछोड कहानी प्रस्तुत गरिएको छ ।

प्रमोद भण्डारीको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा कविता नेपाली र एल बी बिश्वकर्माको जिबन्त अभिनय रहेको छ । यो गीतको भिडियोलाई वास्तविक जीवनमा आधारिक कथामा तयार गरिएको बताईएको छ ।

भिडियो आकर्षक बनेको छ । परानी…गीतको म्युजिक भिडियोलाई भिमले आफ्नो युट्युब च्यानलबाट रिलिज गरेका हुन् । यस गीतको भिडियोलाइ दिपेन बस्न्यातले सम्पादन अनि छायांकन गरेका हुन् ।