उषा र आशिषको ‘सुन प्रिय’


ब्युटी न्युज नेपाल
काठमाडौं, १ कात्तिक

गायिका मेलिना राई र गायक सन्जिब पुडासैनीको सहकार्यमा नयाँ गीत ‘सुन प्रिय…’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । जसमा रुमु न्यौपाने र अमृत भुजेलको शब्द रहेको छ । सुन प्रियमा गायक सन्जिव स्वयमकै संगीत सृजना रहेको छ । जसको एरेन्ज र मिक्सिगं एण्ड मास्टरिगं शैलेन्द्र मान प्रधान (बाबु)ले गरेका हुन् ।

घुुम्ने, रमाउने उमेरका युवा युवतीहरुको घुमघाम रमाइलोमा सुटुक्क प्रेममा पर्नेहरुको कथालाई नजिकबाट देखाइएको भिडियोमा उल्लेख छ । जसमा मोडल उषा उप्रेतीका साथमा आशिष पाण्डे, बिनु गुरुङ र नवराज बस्नेतको अभिनय रहेको छ ।

सोबित मगर र प्रिन्स राईको कोरियोग्राफी रहेको गीतको छायांकन र सम्पादन र निर्देशन पनि फराज अर्पणले गरेका हुन् । भिडियोको सह निर्देशन विशाल थापाले गरेका हुन् ।