पारश र केञ्जुमाको दशैं आयो तिहार आयो


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ असोज

दशैं र तिहारलाई लक्षित गरेर गायक एवम् सञ्चारकर्मी पारशप्रकाश नेपाल र गायिका केञ्जुमा सुब्बाले युगल स्वरमा नयाँ दसैं–तिहार गीत ‘दसैं आयो तिहार आयो…’ को भिडिओ बजारमा ल्याएका छन् । यो गीतको भिडियोलाई एशियन म्युजिकको युट्युव च्यानलबाट रिलिज गरिएको छ । गीत निकै कर्णप्रिय बनेको छ ।

गीतमा परदेशमा रहेका दाजुले आफ्नो बहिनीसँग घर आउन नसकेको पीडा पोखेका छन् । बहिनीले घर फर्कन आग्रह गरेको भाव गीतमा छ । चाडपर्वमा अलग हुँदा दाजु बहिनीको वियोग भावलाई यो गीतमा प्रस्तुत गरिएको छ । गीतले जो कोहीको पनि मन छुन्छ ।

अग्रज संगीतकार जुगल डँगोलले यसमा सँगीत गरेका हुन् । गीतलाई पारश र केन्जुमाले नै लेखेका हुन् । गीतको भिडियो पनि पनि पारश र केन्जुमा नै प्रस्तुत भएका छन् । निरश पौडलको छायाँकन रहेको भिडियोमा पारश र केन्जुमालाई बाद्यबादन तर्फ बाँसुरीमा नगेन्द्रविक्रम राईले, सारँगीमा हेमन्त कान्छा रसाईलीले, गिटारमा त्रिजंग बस्नेतले, मादलमा दिपेश राईले साथ दिएका छन् । निशान घिमिरेको सम्पादन रहेको यो गीतको भिडियोलाई र्याड स्टुडियोले निर्माण गरेको हो ।