माटुर र रोजी स्टाईल आइकन नेपाल बिजेता

ब्युटी न्युज नेपाल
काठमाडौं, २८ असोज

मध्य दशैंमा काठमाडौंमा मोडलहरुको एउटा प्रतियोगिता ‘स्टाईल आईकन नेपाल २०२१’ सम्पन्न भएको छ । यो प्रतियोगिताको आयोजना इभेन्ट बेटर ग्यालेक्सीले गरेको हो ।

सो प्रतियोगितामा युवा तर्फ सर्वोत्कृष्ट हुँदै स्टाईल आईकन नेपाल २०२१ को उपाधि माटुर रेहमानले जितेका छन् । यस्तै युवती तर्फ सर्वोत्कृष्ट हुँदै स्टाईल आईकन नेपाल २०२१ को उपाधि रोजी लामिछानेले जितेकी छिन् । वर्षको उत्कृष्ट स्टाईल आईकन मोडलको उपाधि सहित जनही २५ हजार रुपैयाँ र विभिन्न उपहार पनि प्राप्त गरेका छन् । मस्ट ट्यालेन्टको उपाधि पनि रोजी लामिछानेले नै हाँसिल गरिन् ।

फुलपातिको अघिल्लो अवेर साँझ काठमाडौंको जमल स्थित नाचघरको मेघा हलमा सम्पन्न सो प्रतियोगितामा ९ युवा मोडल र १९ जना युवती मोडल सहभागी थिए ।

सो प्रतियोगितामा फस्ट रनरअपको उपाधि युवा मोडल तर्फ सुजन थापा र युवती मोडल तर्फ सृजा खरेलले जिते । सेकेन्ड रनरअपको उपाधि युवा मोडल तर्फ सन्तोष आचार्य र युवती मोडल तर्फ निर्मला धितालले हाँसिल गरे । यस्तै यही प्रतियोगितामा थर्ड रनरअपको उपाधि युवा तर्फ आदर्श मगराती र युवती मोडल तर्फ नेहा यादबले प्राप्त गरे । मस्ट स्टाईलिसको उपाधि युवा तर्फ सम्यक महर्ज र युवती तर्फ चन्दु शाहीले प्राप्त गरे ।

नेपाली मोडलिङ क्षेत्रमा तीन दशक भन्दा लामो समयदेखि योगदान दिँदै आएको भन्दै अभिनेता तथा अग्रज मोडल कोरियोग्राफर प्रशान्त ताम्राकारलाई इभेन्ट बेटर ग्यालेक्सीका तर्फबाट कार्यक्रममा सम्मानित गरियो ।

उदयमान मोडलहरुलाई मोडलिङ सम्बन्धि विभिन्न प्रशिक्षण दिँदै उचित प्लेटफर्म मार्फत उनीहरुलाई ब्यबसायिक मोडलको रुपमा मञ्चमा तार्दै अघि बढ्न प्रेरित गर्नका लागि यो प्रतियोगिता आयोजना गरिएको कार्यक्रमका आयोजक धिरज तन्डुकारले बताए । स्वस्तिका राजभण्डारीको कोरियोग्राफ्रीमा सम्पन्न सो प्रतियोगिताका डान्स कोरियोग्राफरमा लिजा श्रेष्ठ थिए ।

फाईनल प्रतियोगिताको मुख्य अतिथिमा रामकृष्ण चित्रकार, अतिथिहरुमा मिलन सिजापति, प्रशान्त ताम्राकार थिए । प्रतियोगिताको निर्णायकमा अभिनेताहरु प्रमोद अग्रहरी, गजित बिष्ट, कोरियोग्राफर जयन सुब्बा मानन्धर, ब्युटिसियन रुस्का श्रेष्ठ, महेश केसी, बिक्रम श्रेष्ठ, दीपक घिमिरे, मिरा कक्षपति र विशाल गुरुङ थिए । कार्यक्रमलाई कोरियोग्राफर रोजिन शाक्य र सोफिया महर्जन कार्कीले सञ्चालन गरेका थिए ।