ब्युटी न्युज नेपाल
काठमाडौं २५ असोज

गायिका अपेक्षा गिरीको नया गीत ‘निष्ठुरी परदेशी’ को भिडियो सार्वजनिक गरिएको छ। अर्जुन पोखरेलको संगीत रहेको निष्ठुरी परदेशी…को शब्द गायिका अपेक्षा गिरीले नै लेखेकी हुन् । गीतमा एरेन्ज पुरुसोतम सुबेदीको रहेको छ ।
निकै मार्मिक गीत ुनिष्ठुरी प्रदेशीु को भिडियोमा चिरन्जिबी सापकोटा जीबि चिरन र गरिमा शर्माको अभिनय रहेको छ ।भारतीय सेनामा गएका आफ्नो श्रीमानको घर आउने बाटो हेरेर बसेकी श्रीमतीको कथामा भिडियो निर्माण गरिएको छ । घर आउने श्रीमानको बाटो हेरेर बसेकी श्रीमतीले श्रीमानको लाश आउदाको पिडा भिडियो मार्फत प्रस्तुत गरिएको छ ।

गीतको भिडियोलाई सिर्जन बराल ऋषिले निर्देशन गरेका हुन्।अपेक्षा गिरीको ‘अफिसियल यूट्यूव’बाट सार्वजनिक गीतको भिडियोमा शिवसरण न्यौपानेको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ ।

मोफसलमा बसेर गीत संगीतमा राम्रै चर्चा कमाउन सफल गायिका अपेक्षा गिरीको यस अघि सुनिल गिरिसग ुसोल्टिनीु र टंक तिमिल्सिना ुमाया नमार्नु नि हैु जस्ता सफल गीत सार्वजनिक भईसकेको छ ।