ब्युटी न्युज नेपाल
काठमाडौं, २४ असोज

चलचित्र डाँडाको बरपिपल शुक्रबारबाट देशव्यापी रिलिज हुँदैछ । यो फिल्म रिलिज हुनु पूर्व सन्ध्यामा यसको नयाँ गीत रिलिज गरिएको छ । ‘डाँडाको वरपीपल’ को तेस्रो गीत ‘तिमी साथमा हुँदा’ सार्वजनिक भएको हो । असोज २६ गते फूलपातीमा रिलिज हुने फिल्मको यो गीतमा सुगम पोखरेल र गायिका जिना रसाइलीको स्वर रहेको छ ।

नवराज गिरीको शब्द रहेको गीतमा एलिस कार्कीको संगीत र एरेञ्ज छ । गीतको भिडियोमा सलोन बस्नेत र रुबिना थापा फिचर्ड छन् । गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । यो चलचित्रलाई शोभित बस्नेतले निर्देशन गरेका हुन् । जसमा भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, अस्मिता जुरेली, हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल लगायतका कलाकारको पनि अभिनय छ ।

नवराज गिरीको लगानी रहेको फिल्ममा रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र मित्रदेव गुरुङको सम्पादन छ । फिल्म तिहारमा ओटीटी प्लेटफर्ममा रिलिज हुनेछ ।