मन्जुसँग विवाह गरे मनोज गजुरेलले


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ असोज

हास्य अभिनेता तथा कलाकार मनोज गजुरेल नयाँ दाम्पत्य सम्बन्धमा बाँधिएका छन् । पूर्व पत्नी मिना ढकालसँग सम्बन्ध बिच्छेद भएको चार वर्ष पछि उनी सोमबार नयाँ दाम्पत्य सम्बन्धमा बाँधिएका हुन् । उनको चारवर्ष अघि पत्नी मिना ढकालसँग सम्बन्ध विच्छेद भएको थियो ।

हास्य कलाकार मनोज गजुरेलले सोमबार भक्तपुरको डोलेश्वर मन्दिरमा गएर सुटुक्क विवाह गरेका हुन् । उनले आफुले विवाह गर्नुको कारण पनि फेसबुकमा लेखेर स्पष्ट पारेका छन् । साथै यो विवाह र दाम्पत्य जीवनलाई असर पार्ने कुनै पनि कुरा सामाजिक सञ्जालमा नलेख्न मनोजले सबैलाई अनुरोध गरेका छन् ।

हास्य अभिनेता मनोज गजुरेलले आफ्नो करिब एक वर्ष लामो प्रेम सम्बन्धलाई साकार तुल्याउँदै मन्जु पोखरेलसँग सोमबार विवाह गरेका हुन् । नेपाल सरकारको कानूनी सेवामा अधिकृतको रुपमा कार्यरत मन्जुको कथा पनि मनोजको जस्तै थियो । उनी पनि केही समय देखि एकल महिलाको रुपमा रहँदै आएकी थिईन् । दुबैको पीडा उस्तै हुन र जीवन साथीको आबस्यक्त खड्किनुले उनीहरु नजिक भए । अनि दुख सुख साट्ने क्रममा प्रेम बढ्दै गयो । अन्तर परिवारलाई साक्षी राखेर उनीहरुले सोमबार डालेश्वर मन्दिरमा विवाह गरेका हुन् । यो जोडीलाई यतीबेला दाम्पत्य जीवनको सफलताको कामना सहित आफन्त र शुभचिन्तकबाट बधाई आईरहेको छ ।