फेरी पिउँदै छन शिव परियार


ब्युटी न्युज नेपाल
काठमाडौं, २० असोज

यस अघि गायक शिब परियारले ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ गीत ल्याएर चर्चा कमाएका थिए । यतीबेला फेरी उनले यस्तै अर्को गीत ल्याएका लागेका छन् । उनले अर्को गित “पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ…’ गीत ल्याउन लागेका हुन् । इम्प्रेसन्स इन्टरटेनमेन्टले चाँडैनै बजारमा ल्याउँदैछ ।

मनोरञ्जन उद्दोगका सिद्द हस्त नृत्य निर्देशक कविराज गहतराज र छायाङ्कार हरि हुमागाईको संलग्नतामा अत्यन्त भब्यताका साथ क्लब प्ल्याटिनममा सोमबार उक्त गितको छायाङ्कन सम्पन्न भएको छ । यस गीतमा नेपाली चलचित्रका लोकप्रिय नायक, पुष्प खड्काका साथमा टिकटक स्टार्स , अन्जली लुइंटेल र आलिया अधिकारीको धमाकेदार डेब्यु प्रस्तुति रहने छ । मिडिया हब प्रा। लि। बाट पहिलो म्युजिक भिडियोको रूपमा रिलिज गर्ने तयारी भईरहेको यो गितले यसपालिको चाडबाडलाई अझ रोमाञ्चक बनाउने निश्चित छ ।