२६ विधामा राष्ट्रिय काठे लोकदोहोरी अवार्ड प्रदान


ब्युटी न्युज नेपाल
काठमाडों, १६ असोज

विभिन्न २६ विधामा अवार्ड प्रदान गर्दै प्रथम राष्ट्रिय काठे लोक दोहोरी अवार्ड २०७८को अवार्ड कार्यक्रम सम्पन्न भएको छ ।मनोरञ्जनघरको प्रस्तुतिमा सुनाखरी मल्टीमिडियाले आयोजना गरेको उक्त अवार्ड कार्यक्रम राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ । पुर्व प्रधानमन्त्री तथा नेकपा मावोबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको प्रमुख अतिथ्यतामा सम्पन्न भएको अवार्ड कार्यक्रममा २६ विधाका कलाकारलाई अवार्ड हस्तान्तरण गरको हो । कार्यक्रममा विभिन्न व्यक्तहरुलाई सम्मान गरियो ।

यस्तै नेपाली सँगीत तथा चलचित्र क्षेत्रमा आजिवन योगदान दिएको भन्दै लाइफ टाइम अचिप्मेन्ट अवार्डबाट बरिष्ठ कलाकार जयनन्द लामालाई सम्मान गरियो । यस्तै दशकका पत्रकार सम्मान टिभी माध्यमबाट बरिष्ठ पत्रकार ऋषि धमला र कृष्ण कंडेललाई, छापा पत्रकारिता सम्मान राजधानी दैनिकका पत्रकार डब्बु क्षेत्रीलाई, रेडियो लोक पत्रकारिता सम्मान चन्द्रमणि गौतमलाई ,अनलाइन लोक पत्रकारिता सम्मान पत्रकार कमल चौलागाई सरगमलाई प्रदान गरियो ।

यस्तै दशकका गायिका सम्मान गीता देबीलाई, पार्वती कार्की,दशकका गायक सम्मानमा भोजराज काफ्ले, गोकुल रावतलाई, तामाङ् लोक सम्राट सम्मान चन्द्र कुमार मोक्तानलाई, सास्कृतिक धरोहर सम्मानमा बरिष्ठ गायक शिब नारायण जोशी लगाएतका कलाकार सम्मानित भए ।

कार्यक्रम आयोजकका अध्यक्ष तथा सुनाखरी मल्टीमिडियाका संचालक माधब थापाका अनुसार उक्त अवार्ड आफुले सोचे भन्दा भब्य रहेको र निरन्तर अवार्डको आगामी यात्रालाई पनि थप मजबुद बनाएर अगाडी बढ्ने बताएका छन।अवार्डमा रोचक कुरा के रहयो भने नेपाली इतिहासमा पहिलोपटक भोट सार्बजनिक समेत भयो । डिजिटल प्रविधिबाट भोट सार्बजनिक गरिएको थियो।

लाइफ टाइम अचिप्मेन्ट अवार्ड बाट बरिष्ठ कलाकार जयनन्द लामालाइ सम्मान गरिएको थियो।प्रमुख अतिथि प्रचण्डको हातबाट लामालाई सम्मान गर्दै प्रचण्डले भने ‘जयनन्द लामा जस्तै कलाकार बन्ने सपना थियो पछि नेता बन्न लागियो आफैलाई अहिले बिस्मात लाग्छ’ सोहि समारोहमा प्रचण्डले बोल्दै भने ‘पहिलोपटक धेरै कलाकार र पत्रकारलाई एकै ठाउँमा देख्न पाइयो गीत संगीत रुचाउने मान्छे भएको भएर होला म आफै अरु कार्यक्रम समेत छाडेर यो कार्यक्रममा बसिरहे निकै उत्साहित छु’।

कार्यक्रममा काठ क्षेत्रका लोकप्रिय कलाकारहरुको उपस्थिति रहेको थियो।आयोजक टिमका अध्यक्ष थापाले कार्यक्रममा बोल्दै भन्नु भयो ‘अवार्ड आफैमा सम्मानित बिषय हो जो टप ५ मा पर्नुनै सम्मानित हुनु हो त्यसैले अवार्ड न पाउदैमा अयोग्य महसुस पक्कै नगर्नुहोला,हामीले जुरी र भोटको आधारमा तपाईहरुको नतिजा सार्बजनिक गरेका हौ।’

अवार्ड प्राप्त गर्ने २६ विधाका कलाकारहरुको नामावली
उत्कृष्ट शब्द सर्जकःराजेन्द्र भण्डारी,
उत्कृष्ट मोडल पुरुषःसन्जिब ठकुरी,
उत्कृष्ट मोडल महिलाःअनु पराजुली,
नव मोडल पुरुषःभुवन चौलागाईं,
नव मोडल महिलाःसिम्रण दुलाल,
उत्कृष्ट भिडियो निर्देशक ःमिलन श्रेष्ठ,
उत्कृष्ट छायांकनःबिनिप क्षेत्री,
उत्कृष्ट लाइभ दोहोरी गायकःप्रदिप रोका,
उत्कृष्ट लाइभ दोहोरी गायिकाःकल्पना दाहाल,
उकृष्ट एरेन्जरःबिष्णु तामाङ,
उकृष्ट बाध्यबदक(सुर)ःसुर्य पुर्बछाने मगर,
उकृष्ट(ताल)ःअर्जुन पोख्रेल,
उकृष्ट नृत्य निर्देशकःगोपाल थापा,
उकृष्ट भिडियोःसरोज लामिछाने,
उकृष्ट रेकर्डिष्टःकुमार सानु पुन,
उकृष्ट चेतनामुलक गीतःघमेस दुलाल,
उकृष्ट भिडियो सम्पादनःबिनोद बम,
उत्कृष्ट गायकःराम कुमार नेपाली ,
उकृष्ट गायिका ःस्मृति गौतम,
उत्कृष्ट लयःमदन कुमार थापा ,
उकृष्ट मौलिक गीत ःपदम दुलाल ,
उकृष्ट नव गायक ःउकृष्ट जय राम खड्का ,
उकृष्ट नव गायिका सुनिता दुलाल संजेल,
जुरी अवार्डःमन्जु गौतम ,
पब्लिक च्वाईस अवार्ड ःराजाराम कोइराला,
इन्करेजमेन्ट अवार्डःसम्भु नेपाल