१२ औं उपन्यास मेरी प्रिया ल्याए विश्व किर्तिमानी लेखक डा. उपाध्यायले


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ असोज

यस अघि ११ ओटा उपत्यास पाठकमाझ ल्याईसकेका उपन्यासकार विश्व किर्तिमान उपन्यासकार तथा गीतकार डा. डीआर उपाध्यायले आफ्नो १२ औं उपन्यास ‘मेरी प्रिया’ बजारमा ल्याएका छन् । शनिबार काठमाडौंमा एक सामारोह आयोजना गर्दै यो पुस्तकको बिमोचन गरियो ।

उपन्यास मेरी प्रियालाई अग्रज साहित्यकार खेमनाथ दाहाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निर्वतमान अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघ नेपालका निर्वतमान अध्यक्ष चुणमणी देवकोटा, संगीतकार सन्तोष श्रेष्ठ, भुँडी पुराणका अध्यक्ष कृष्णप्रसाद पराजुली, उपन्यासका डा. उपाध्याय, पत्रकार नरेश भट्टराईलगातले संयुक्त रुपमा बिमोचन गरे ।

कार्यक्रममा बोल्दै साहित्यकार राधेश्याम लेकालीले १४ वर्षको टिन एजर भएर उपाध्यायले उनीहरुको कुरालाई उपन्यासमा ल्याएको बताए । अग्रज साहित्यकार खेमनाथ दाहालले टिन एजरको कथा समेटिएको यो उपन्यासमा उनीहरुको अभिभावकबाट लेखकले महत्वपूर्ण सन्देश दिने कार्य गरेको बताए । उपन्यासमा समाजिक विषय वस्तु र जातिय विभेदका कुरालाई राम्रोसँग उठान गरेको पनि उनले बताए ।

उमेरले ६० पुग्न लागे पनि वार्षिक दुई वटा उपन्यास ल्याउने उपाध्यायलाई गीतकार चुडामणी देवकोटाले तन्नेरी लेखकको रुपमा चर्चा गरे । यो उमेरका लेखकले तन्नेरी पुस्ताको कथामा उपन्यास लेख्नु आफैंमा प्रसँसनीय कार्य भएको उनले बताए । लेखक उपाध्यायले आफुले १४ वर्षका किशोरहरुको सँगत गरेरमात्र यो उपन्यास लेखेको खुलाए ।

भुँडी पुराणले प्रकाशन गरेको यो उपन्यासका बारेमा संगीतकार सन्तोष श्रेष्ठले समिक्षात्मक टिप्पणी गरेका थिए । बयालिस भागमा विभाजन गरिएको उपन्यास १८० पृष्ठको रहेको छ ।जसको मूल्य ३५० रुपैयाँ राखिएको छ ।

सञ्चारकर्मी नरेश भट्टराईले सहजिकरण गरेको कार्यक्रममा लोकार्पण समारोहमा पत्रकार, गीतकार डब्बु क्षत्री, गीता अधिकारी, संगीतकार तथा गायक सागर अधिकारी ‘शरद’, भिडियो निर्देशक माइकल चन्द, सुरेन्द्र थापा, सुशिल खनाल, राधव भट्टराई, उत्तम मैनाली लगायतका अतथिहरूको उपस्थिति थियो ।

यस अघि डा. उपाध्यायका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’ र ‘कफि लभ’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् ।

डा. उपाध्यायको यही अक्टोबर एक तारिखमा भारतबाट प्रकाशित हुने फिल्मस् टुडे म्यागिजनले पनि कभर स्टोरी बनाएको छ । बलिउडको यस लोकप्रिय म्याग्जिनको कभरमा आउने डा. उपाध्याय सम्भवत पहिलो नेपाली हुन् । गीत संगीत तथा विभिन्न विधामा ५९ विश्व रेकर्ड कायम गर्नुभएको छ । उहाँका २४ एल्वमका सायौ गीत स्रोता÷दर्शकमाझ रहेका छन् ।