बिहानीको मिर्मिरेमा…सुधिर र उषाको रोमान्स


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ असोज

गायक प्रमोद खरेलको स्वरमा तयार भएको नयाँ गीत ’बिहानीको मिर्मिरेमा…’को भिडियो सार्वजनिक गरिएको छ ।

जसमा दिपक शर्माको संगीत, ज्ञानेश्वर तिवारीको शब्द तथा अम्बिका अधिकारी तिवारीको निर्माण रहेको छ । यो गीतको भिडियोमा सुधिर श्रेष्ठ र उषा उप्रेतीको अभिनय छ । उनीहरुको रोमान्सलाई भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोको निर्देशन तथा कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । भिडियोमा मिलन श्रेष्ठ र शाहील खानको सम्पादन, मानकृष्ण महर्जनको छायाँकन रहेको छ । आशुतोष फिल्मसले निर्माण गरेको भिडियो डिएआर मुभिजको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

ज्ञानेश्वर तिवारीले यस अघि मन पराएँ तिमीलाई सार्वजनिक गरेका थिए । अमेरिका बसेर पनि नेपाली गीत संगीतलाई अन्तररास्ट्रिय क्षेत्रमा प्रबर्धन गर्ने उदेश्यका साथ भिडियो निर्माण गरिएको निर्माता अम्बिका अधिकारी तिवारी बताउछिन ।