शम्भु राईले मेलिनासँग ल्याए झिल्के सारी


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ असोज

बरिष्ट गायक शम्भु राई र पहिलेकी चर्चित गायिका मेलिना राईको स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ। ‘झिल्के सारी’बोलको गीतको भिडियो सार्वजनिक भएको हो । यो गीतमा शब्द तथा संगीत शम्भु राईको रहेको छ। लोक लयको गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ। श्रद्दा रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा नाजीर हुसेन र अनिता गोलेले अभिनय गरेका छन् ।

भिडियोलाई अभि लामाले निर्देशन तथा कोरियोग्राफी गरेका छन्। यो भिडियोमा सुर्य लामाले डिओपी संगै ड्रोन र सम्पादनको कार्य सम्हालेका छन्। त्रिलोक लामा र राकेशले छायाँकन गरेको भिडियो शम्भु राई श्रद्दा रेकर्डिङ्ग अफिसियल यु ट्युब मार्फत सार्वजनिक गरिएको हो।

शम्भु राईका दर्जनौं सुपरहिट गीतहरु छन्। चिठी तिमीलाई,एनी हौ, आँखैमा झलझली जस्ता चर्चित गीत सार्वजनिक गरेका गायक शम्भुका गीतलाई दर्शक र स्रोताले निकै मन पराउने गरेका छन् । थुप्रै सफल गीतका सर्जक शम्भु राईका गीतहरुमा मौलिकता भेटिन्छन।