ब्युटी न्युज नेपाल
काठमाडौं, ७ असोज

अनामिका चौलागाई नेपाली चलचित्रकी नायिका तथा मोडल हुन् । तर उनी यतीबेला गायिकाको रुपमा प्रस्तुत भएकी छिन् । अनामिका चौलागाईंले माया गर्ने मान्छेले कहिले काही रीसाउन नी पाउँछ , बोलको गीत बजारमा ल्याएकी हुन् । यो गीतलाई अग्रज गीतकार शान्तिप्रियले लेखेका हुन् । गीतको संगीत राम सिटौलाले गरेका हुन् भने संगीत संयोजन राजेन्द्र बजगाईंको रहेको छ ।

यो गीतको भिडियो पनि तयार पारीएको छ । भिडियोमा गायिका अनामिका चौलागाईं नै अभिनयरत छिन् । श्रृंगार भने पवित्रा भट्टराईको रहको छ ।

भिडियो गोविन्द अञ्जानले छायांकन गरेका हुन् भने रंग संयोजन एवं सम्पादन बिनोद बमले गरेका हुन् । भिडियोमा क्यामरा असिस्टेनको रुपमा राममणी ढकाल छन् । जसमा प्रोडक्सन दीपक थापाले हेरेका हुन् । भिडियोको निर्देशन गीतकार स्वयं शान्तिप्रियले गरेका छन् । छायांछवि क्रियशनले भिडियो निमार्ण गरेको हो । सीसी नेपाल युट्युब च्यानल बाट गीत रीलीज गरिएको छ ।