कौशलको आवाजमा आयो तिम्रो काखमा


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ असोज

गायक कौशलराज खड्काले आफ्नो नयाँ गीत ‘तिम्रो काखमा…’ लाई सार्वजनिक गरेका छन् । लामो समय देखि आधुनिक गीत गायन क्षेत्रमा सक्रिय रहँदै आएका उनको मिडिया पिक्चर्स नेपालको व्यानरमा निर्माण भएको यस गीतको शब्द रिता भण्डारीको रहेको छ । यस गीतमा मनोज चौलागाइको संगीत र संगीत संयोजना रहेको छ ।

यो गीतको भिडियोमा मोडल गणेश हमाल र गरिमा शर्माको अभिनय रहेको छ । गीतमा एउटा प्रेमी, प्रेमीका बिचको मायालाई शब्द र संगित मार्फत व्यक्त गर्न खोजिएको छ । सियोन श्रेष्ठले निर्देशन गरेको सार्वजनिक यस गीतलाई अनिल रानाले सम्पादन गरेका छन् ।

यस गीतको भिडियो ओएसआर डिजिटलको अफिसिएल युट्युव च्यानलबाट सार्वजनिक भएको हो । तथा एरेञ्ज रहेको छ । दर्जनौं गीतहरुमा स्वर भरीसकेका खड्काको स्वर रहेको यस गीतलाई युट्युव तथा टिकटकमा धेरै दर्शकहरुले रुचाएका छन् ।