प्रमोदको ‘परिष्कृत’मा प्रतिशा र सनीश रोमान्स


ब्युटी न्युज नेपाल
काठमाडौँ, १ असोज

गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत ‘परिष्कृत’ दर्शकमाझ आएको छ । सार्वजनिक गीतमा चन्द्र प्रसाई ‘परिष्कृत’को शब्द, राजेन्द्र सुवेदीको संगीत र बि.एन निराकरको एरेन्ज रहेको छ ।

गीतको भिडियोमा प्रतिशा शर्मा रिजाल र सनीश बर्जाचार्यको अभिनय रहेको छ । प्रतिशा र सनीशलाई रचु सुवेदी, विबेक सापकोटा, प्रभात किरण सिग्देल र सुमनता घिसिङले अभिनयमा साथ दिएका छन् । भिडियोमा प्रेम र बिछोडको पिडा ब्यक्त गरिएको छ ।

भिडियोलाई गीतकार प्रसाइकै च्यानल प्रसाइसन इन्टरटेनमेन्ट टुयुट्वबाट सार्वजनिक भएको हो । भिडियोले गीतलाई सिगार्ने काम गरेको छ । सजल र सलिल न्यौपानेको कन्सेफ्ट र मनिष बशिष्टको सहयोगमा भिडियो एनइपिएस भिजनको टिमले निर्माण निर्देशक हो । जसमा छायाँकन तथा सम्पादन सलिल न्यौपानेले गरेका हुन् ।

एक दशक अगाडिदेखि गीत लेखन गर्दै आएका गीतकार परिस्कृतका शब्दमा थुप्रै गीत बजारमा आएका छन्, भने धेरैले चर्चा समेत कमाइका छन् । चितवन स्थाई घर भएका प्रसाई सानैदेखि गीत, कविता गुनगुनाउने गर्दथे । गीत, कविता र गजल समेत लेखन गर्दै आएका प्रसाई पछिल्लो समय अमेरिका रहँदै आएका छन् ।