मनाईयो काजल क्रियसनको सातौ वार्षिक उत्सब


ब्युटी न्युज नेपाल
काठमाडौं, १ असोज

फेसन डिजाईनर काजल शर्माले आफ्नो बुटिक काजल क्रियसनको सातौं वार्षिक उत्सब मनाएकी छिन् । शुक्रबार बेलुका काठमाडौंमा केक काटेर सेलिब्रेसन गर्दै उनले आफ्नो बुटिकको सातौं वार्षिक उत्सब मनाएकी हुन् ।

सात वर्ष अघि विश्वकर्मा पुजाको दिन ललितपुरको कुपन्डोलमा उनले काजल क्रियसन बुटिक स्थापना गरेकी थिईन् । सैयौं म्युजिक भिडियो तथा विभिन्न चलचित्रमा फेशन डिजाईन गरिसकेकी काजल अहिलेको पुस्ताकी फेशन डिजाईनरमा लोकप्रिय छन् ।

शुक्रबार बेलुका उनले केक काटेर काजल क्रियसनको सातौं वार्षिक उत्सब तथा आफ्नो जन्म दिन मनाएकी हुन् । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थित थियो ।

चलचित्र निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले फेशन डिजाईनर काजल शर्मालाई जन्म दिन तथा काजल क्रियसनको सातौं वार्षिक उत्सबको शुभकामना दिँदै फेशन डिजाईनको क्षेत्रमा सगरमाथाको उचाई चुम्नु भनिन् । काजलको फेशन डिजाईन उत्कृष्ट भएकाले कैयौं ब्यक्तिहरु काजलको फेशनको पारखी रहेको उनले बताईन् ।

बरिष्ट ब्युटिसियन तथा रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष सोनी कारंजितले छोटो समयमा काजलले फेशन डिजाईनमा आफुलाई स्थापित गरेको बताईन् । जन्म दिन तथा कालज क्रियसनको सातौं वार्षिक उत्सबको शुभकामना दिँदै अध्यक्ष सोनी कारंजितले काजल मनको निकै सफा व्यक्ति भएको र हरेकको मन जित्न सफल भएको बताईन् ।

कार्यक्रममा हास्य अभिनेता निर्माल शर्मा, बरिष्ट फेशन ब्युटिसियन तथा रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठ, म्यानेजिङ डिरेक्टर तथा समाजसेवी प्रकाश कुमार श्रेष्ठ, बरिष्ट ब्युटिसियन रुस्का बैद्य श्रेष्ठ, ब्युटिसियनहरु रिना अवाले, रचना शाक्य महर्जन, रेणु राना शाक्य, गायिका रानी निरौला, ब्यबसायी महिला पविना खडका, निकिता पाण्डे, आशिष पोखरेल, हेमा पोखरेल, बसन्ती अधिकारी, सञ्चाकर्मी सूर्य चन्द, गायिका तथा सञ्चारकर्मी सरिता भारती, फोटोग्राफर बद्री थापा, लक्ष्मण महर्जनलगायतले फेशन डिजाईनर काजल शर्मालाई जन्म दिनको शुभकामना दिए ।