ब्युटी न्युज नेपाल
काठमाडौं, ३० भदौ

लायन्स क्लब अफ काठमाडौं अभियानले अन्तराष्ट्रिय बाल दिवसको अबसर पारेर काठमाडौंको मुलपानी स्थित स्नेह आश्रमका बालबालिकाको लागि आर्थिक तथा विभिन्न सहयोग गरेको छ । क्लबका तर्फबाट त्यहाँका बालबालिकासँग केट काटेर उनीहरुलाई खाना खुवाउँदै बाल दिवस मनाईएको छ ।

यसै वर्ष गठन भएको लायन्स क्लब अफ काठमाडौं अभियानले यस्ता विभिन्न सामाजिक कार्य नियमित आयोजना गर्दै आएको छ । यसै क्रममा रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष, लायन्स क्लव अफ काठमाडौं अभियानका चार्टर चेयरपर्सन तथा बरिष्ट ब्युटिसियन सोनी कारंजितको सँयोजकत्वमा सो आश्रममा विभिन्न कार्यक्रम सहित बालदिवस मनाईएको हो ।

स्नेह बाल आश्रममा पुगेर लायन्स क्लब अफ काठमाडौं अभियानका पदाधिकारीहरुले आर्थिक सहयोग गरे । चार्टर चेयर पर्सन सोनी कारंजितले अभियानका तर्फबाट सो आश्रमका लागि १५ हजार रुपैयाँ प्रदान गरिन् ।

अभियानका तर्फबाट विभिन्न ब्युटिसियनले सो आश्रममा रहेका बालिकाहरुको कपालसमेत काटेका थिए । त्यसपछि अभियानका पदाधिकारी तथा सदस्यहरुले बालबालिकालाई खाना खुवाईदिए ।

हास्यब्यँग्य कलाकार सुलेमान शँकर इकु र उनको श्रीमतीले काठमाडौंको मुलपानीमा स्नेह बालआश्रम सञ्चालन गरेका हुन्। यो आश्रममा १४ जना अनाथ बालबालिका रहेका छन् । सो कार्यक्रममा अतिथिका रुपमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ बि १ की कलस्टर चिफ तारा भुसाल, रिजन चेयरपर्सन रेश्मा श्रेष्ठ, जोन चेयरपर्सन धनु सिंजाली, लाइन्स क्लब अफ काठमाडौँ आधारकी अध्यक्ष गेल्मु शेर्पा बुढाथोकीलगायतको उस्थित थियो ।