ब्युटी न्युज नेपाल
काठमाडौं, २८ भदौं

गायिका रचना रिमाल र गायक नविन रावलको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ’चट्ट माया’ बोलको गीतमा मिलन विष्टको शब्द रहेको छ । गीतको संगीत गायक रावलले नै तयार गरेका हुन् । डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा उषा उप्रेती र दीपेशजंग रायमाझीको नृत्य देख्न सकिन्छ । भिडियोमा उषा र दीपेशको जोडी सुहाएको देखिन्छ ।

’शिव दर्शन फिल्मस्’को प्रस्तुतीमा बनेको भिडियोलाई गायत्री थापाले निर्माण गरेकी हुन् । शान थापाको निर्देशन रहेको भिडियोमा राजिव समरको नृत्य निर्देशन रहेको छ । अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।