मञ्जुको मायाँ मुरी मुरी


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ भदौं

गायिका मञ्जु थापाले नयाँ गीत ‘माया मुरी मुरी…’ को भिडियो बजारमा ल्याएकी छिन् । उनको यो गीतमा उद्धव प्याकुरेलको शब्द, विक्रम थापाको संगीत रहेको छ । गीतलाई सन्दीप कार्कीले संगीत संयोजन गरेका हुन् ।

यो गीतको भिडियोलाई जीवन शाहीले निर्देशन गरेका हुन् । यो गीतको भिडियोमा समृद्धि पौडल र सञ्जय विकको अभिनय रहेको छ ।

यो गीतको भिडियोमा दिपेन बस्नेतको छायांकन र सम्पादन छ । गीतमा मुरीका मुरी माया गर्ने मान्छेले कतै धुरी चढाएर खसाल्ने पो हो कि भन्ने शंका व्यक्त गरिएको छ । गीत निकै माधुर्य बनेको छ ।