एलिना र नीलको निर्मोहीमा मायालुमा सुधिर र उषा


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ भदौ

एलिना चौहान र नील पुनः को स्वर नयाँ गीत आएको छ । यी दुईको युगल स्वरमा रहेको नयाँ गीत ’निर्मोही मायालु’ को भिडियो सार्वजनिक भएको छ । शुक्रबार दिउँसो युट्युव च्यानलबाट यो गीतको भिडियो रिलिज गरिएको हो । यो गीतमा शब्द र संगीत पनि पुनः को नै छ । संगीत निर्माणको काम किरण माइकल घिमिरेले गरेका छन् ।

गीतको भिडियोमा मोडल द्वय सुधिर श्रेष्ठ र उषा उप्रेतीको अभिनय रहेको छ । यस्तै मानवी श्रेष्ठ, सोनी पुनः र रीमा पाइजालाई भिडियोमा सहायक भुमिकामा प्रस्तुत गरिएको छ ।

भिडियोलाई सुब्रत आचार्यले निर्देशन गरेका हुन् । कोरियोग्राफी प्रमोद भण्डारीको छ भने सम्पादन विकास दाहालले गरेका छन् । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई सुरेन्द्र थापाले निर्माण गरेका हुन् ।