ल्याक्सिङटनमा देउडा भिडियो छायाँकनसँगै सुदुर पश्चिम समाज गठन


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ भदौ

अमेरिकाको ल्याक्सिङटनमा रहेका सुदुर पश्चिमका नेपालीहरुले आफ्नो संस्कृतिलाई प्रवर्धन गर्न देउडा गीतको भिडियो छायाँकन गरेका छन् । उनीहरुले त्यहाँ गौरा पर्वको अबसर पारेर यो पर्व मनाउँदै देउडा गीतको छायाँकन गरेका हुन् ।

अमेरिकामा रहेर पनि भिडियो निर्देशनमा युवा चलचित्र निर्देशक सुमन दाहालको निर्देशनमा देउडा गीतको छायाँकन सम्पन्न भएको छ ।
सोही भिडियो छायाँकनमा सहभागी भएका सुदुर पश्चिमका नेपालीहरुले सुदुर पश्चिमको कला संस्कृतिको संरक्षणसँगै प्रवर्धनका लागि श्रष्टा उद्धबराज उप्रेतीको अध्यक्षमा ‘सुदुर पश्चिम समाज ल्याक्सिङटन’ गठन गरेका छन् ।

अमेरिकाको केन्टकी राज्य स्थित ल्याक्सिङटन शहरमा रहेका सुदुर पश्चिमका नेपालीहरु आफ्नो हक हितका लागि यसरी संस्थागत रुपमा एकिकृत भएका हुन् ।

उद्धबराज उप्रेतीको नेतृत्वमा गठित सुदुर पश्चिम समाज ल्याक्सिनटनको उपाध्यक्षमा चुडामणि अबस्थी, महिला उपाध्यक्षमा रेखा जोशी, सचिबमा मानबहादुर शाह (मानव), सह सचिबमा गोविन्द अबस्थी, कोषाध्यक्षमा विनोद पन्त रहेका छन् ।

यस्तै सो समाजको कार्यसमिति सदस्यहरुमा प्रकाश पाण्डेय, निराजन चौधरी, अर्चना शाही, प्रकाश थापा, त्रिलोक सिंह ऐर, टेक प्रसाद न्यौपाने र विवेक ढकाल रहेका छन् ।

अध्यक्ष उप्रेतीले आफुहरु यस अघि नै सँगठित भए पनि यसपटक आधिकारिक रुपमा सुदुरपश्चिम समाज ल्याक्सिङटन नै गठन गरेको बताएका छन् । उनका अनुसार अब यो समाजले सुदुर पश्चिमबाट अमेरिका पुगेर विभिन्न पेशमा रहेकाहरुलाई एकिकृत गरेर सुदुर पश्चिमको भाषा, संस्कृत, गीत संगीतको प्रवर्धन गर्ने छ ।

चलचित्र तथा म्युजिक भिडियो निर्देशक सुमन दाहालले पनि यसरी सुदुर पश्चिमका साथीहरुले समाज गठन गरेर एकिकृत हुन राम्रो कार्य भएको बताएका छन् । यो समाजका पदाधिकारीले धेरै भन्दा धेरै सुदुर पश्चिमका नेपालीलाई समेटेर आफ्नो कला संस्कृति, भेषभुषा, गीतसँगीतको प्रवर्धनसँगै सामाजिक कार्यमा योगदान दिने विश्वास आफुले लिएको निर्देशक दाहालले बताएका छन् ।