२९ विधामा प्रदान गरियो यो वर्षको तीज अवार्ड


ब्युटी न्युज नेपाल,
काठमाडौं, २२ भदौ

बिगत झैं यो वर्ष पनि छायाँछवी तीज म्युजिक अवार्ड सम्पन्न भएको छ । नेपाली चलचित्र क्षेत्रकी प्रथम नायिका भुवन चन्दको प्रमुख आतिथ्यमा काठमाडौंमा यो अवार्ड सम्पन्न भएको हो । यस पटक विभिन्न २९ विधाका उत्कृष्ट श्रष्टालाई प्रदान गर्दै आठौं छायाँछवी तीज म्युजिक अवार्ड सम्पन्न गरिएको छ । यो वर्षको हरितालिका तिजको अबसरमा तिजको पूर्व सन्ध्यामा यो अवार्ड आयोजना गरिएको हो । यसपटक १५० भन्दा बढी तीज गीत सहभागी भएकोमा तिनीहरु मध्यबाट उत्कृष्ट चयन गरेर यो अवार्ड प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले कार्यक्रममा जानकारी गराएका छन् ।

छायाँछबि क्रियसनले आयोजना गरेको ८ औं संस्करणको तीज म्युजिक अवार्डमा यसपटक तीज गीत मिक्सीङ अवार्ड मनोज परियारले पातली –३ गीतबाट जितेका छन् । यस्तै तीज गीत एरेञ्जर तफएको अवार्ड यो वर्ष राकेश सोनीले घिन घिन मादल गीतबाट प्राप्त गरेका छन्। यस्तै तीज मौलिक गीत नव गायिकाको अवार्ड सकुना श्रेष्ठले माइतीको आगन गीतबाट हाँसिल गरेकी छिन् ।

यो वर्ष तीज गीत नव गायिकाको अवार्ड शिलाश्मा हमालले झिलिमाई गीतबाट हाँसिल गरे । मोडलको रुपमा परिचित उनले यसै गीतबाट गायनमा पनि डेब्यु गरेकी हुन् । यस्तै इन्करेजमेन्ट अवार्ड सारदा धितालले सिङ्गापुरे साडीबाट प्रदान गरिएको छ ।

तीज गीत मोडल पुरुषको अवार्ड दिपेन्द्र तिमिल्सीनाले पारी बन हरियो तीज भाकाबाट हाँसिल गरेका छन् । यस्तै सो कार्यक्रममा तीज गीत मोडल महिलाको अवार्ड टीका जैशीले डालीमा पुतली भुरुभुरु गीतबाट हाँसिल गरेकी छिन् ।
, तीज गीत भिडियो छायांकारको अवार्ड मुकेश हुमागाईले आँखा गयो नयाँ चिजैमा गीतबाट प्राप्त गरे । यसै गरी यसपटक तीज मौलिक गीत भिडियो सम्पादकको अवार्ड बिनोद वनले आँखा गयो नयाँ चिजैमा तीज गीतबाट पाएका छन् । त्यसो त तीज दोहोरी गीत भिडियो सम्पादकको अवार्ड राजकुमार मगरको हातमा हङ्कङ्को साडी –२ गीतबाट परेको छ भने तीज गीत नृत्य निर्देशकको अवार्ड केशवराज भट्टले झिलिमाई गीतबाट हासिल गरेका छन् ।

यस्तै तीज गीत भिडियो निर्देशकको अवार्ड सुरेन्द्र वसेलले यस पालीको तीजमा गीतबाट पाएका छन् । तीज दोहोरी गीत भिडियो निर्देशकको अवार्ड सुमन सागर जंग केसीले जम्का भेट तिज गीतबाट हाँसिल गरेको सो कार्यक्रममा तीज गीत भिडियो निर्देशक (मोफसल)को अवार्ड होम गुरुङले मुग्लिन गीतबाट प्राप्त गरे ।

यस्तै यसपटक तीज गीत शब्दको अवार्ड ज्योति गुरुङले परदेशको छोरी गीतबाट हाँसिल गरे । तीज सन्देशमुलक गीत गायिकाको अवार्ड शुष्मा शाही ठकुरीले सानी बोलको गीतबाट प्राप्त गरेका छन् । तीज मौलिक गीत लयको अवार्ड एच वि सुनारले माईतीको आगन गीतबाट यस पटक हाँसिल गरेका छन् । तीज दोहोरी गीत लयको अवार्ड रमेश परियारले माईती देशैको गीतबाट पाएका छन भने दोहोरी तीज गीत गायिकाको अवार्ड चिजा तामाङले तारा जुन गीतबाट जितेकी छिन् ।

यसपटक उत्कृष्ट तीज गीत कम्पनीको अवार्ड शिव दर्शन फिल्मस्बाट गायत्री थापाले प्राप्त गरेकी छिन् । यस्तै युगल तीज गीत गायनको अवार्ड सोमा खत्री÷सोभा क्षत्रीले पाएका छन् । यस्तै यो पटक जुरी अवार्ड आमाको वेदना गीतबाट शुशील ज्ञावालीलार्ई प्रदान गरिएको छ ।

चलचित्र निर्देशक दीपाश्री निरौला निर्माता प्रदीप कुमार उपाध्याय, गायिका देबिका बन्दना, नायक धिरेन शाक्य, नायिका तथा चलचित्र निर्माता रोशनी केसी, हास्य कलाकार गोपाल ढकाल छन्दे, प्राज्ञ ज्योती प्रकाश, चलचित्र पत्रकार संघका उपाध्यक्ष जीवन पराजुल, पूर्व उपाध्यष विष्णु सुवेदी लगायत विभिन्न व्यक्तिहरु अतिथि रहेको सो कार्यक्रममा लोक दोहोरी तीज गीत गायकको अवार्ड भुवन प्यासीले मखमली गीतबाट प्राप्त गरेका छन् । यस्तै दोहोरी तीज गीत गायक (पब्लिक च्वाइस)को अवार्ड सम्राट चौलागाईले सम्झिने पानी छम्कने गीतबाट पाए । यस्तै उत्कृष्ट तीज गीत अवार्ड दीया नेपालले पिलासे चोलीबाट हाँसिल गरिन् ।

यसवर्ष ऋतु कडेलको अलि अलि लजाउँदै गीतले उत्कृष्ट तीज गीतको अवार्ड जितेको छ । यस्तै उत्कृष्ट तीज गीत गायिकाको अवार्ड गर्छु माया गर्छु गीतबाट रोशनी रसाईलीले हाँसिल गरेकी छिन् । मौलिक तीज गीतको अवार्ड स्वामीको प्यारी गीतबाट सुनिता दुलालले प्राप्त गरेकी छिन भने तीज मौलिक गीत गायिका कल्पना काफ्ले कम्मरै ढलमल गीतबाट हाँसिल गरेकी छिन् ।

विगत आठ वर्ष देखि निरन्तर रुपमा आयोजना हुँदै आएको छायाँछवी तीज म्युजिक अवार्ड तीज सँस्कृतिको प्रवर्धनको लागि आयोजना गर्दै आएको छायाँछवि क्रियसनका अध्यक्ष शान्तिप्रियले बताए । प्रथम अभिनेत्री भुवन चन्द लगायतले अवार्डको बारे कार्यक्रममा चर्चा गरे । अवार्ड पछि तीजको दरखाँदै कलाकारले रमाईलो गरेका थिए ।