इनास पेन्सिलभेनियाँद्धारा तीज बिशेष कार्यक्रम सम्पन्न


ब्युटी न्युज नेपाल
काठमाडौं,२१ भदौ

अमेरिकामा बसेका नेपाली कलाकारहरुले नेपाली नारीहरुको महान पर्व तीज भव्यसँग मनाएका छन् । अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) पेन्सिलभेनिया राज्य समिति र ब्रुक मिडो फार्मको सँयुक्त आयोजनामा ‘तीज बिशेष कार्यक्रम २०२१ ’ कार्यक्रममा भव्यताका साथ सम्पन्न गरेका छन् ।

कार्यक्रममा ब्रुक मिडो फार्मका तर्फबाट ओम कोईरालाले स्वागत मन्तव्य राख्दै सँसार भर रहेका नेपाली चेलीहरुलाई तीज पर्वको शुभकामना दिए । सो कार्यक्रम इनास अमेरिकाका अध्यक्ष बरिष्ट गायक तथा संगीतकार कन्हैया सिंह परियारले तीजको शुभकामना दिँदै नेपालीहरु जहाँ रहे पनि आफ्नो चाडपर्व, कला संस्कृति र गीत सँगीतको सँरक्षणमा सँधै एक हुने बताए । उनले कार्यक्रममा सबैमा धन्यबाद प्रकट गरे ।

सो कार्यक्रममा सहभागी इनास अमेरिकाका अध्यक्ष सिंह सहित सहभागी कलाकारहरुः स्वरुपा रसाइली, रुद्र शेखर शर्मा, लक्ष्मण पौडेल, कल्पना पौडेल, अपेक्षा सिंह, रुबी पौडेल, गुरुङ कम्युनिटी हेरिसबर्ग, उदय भट्टराई, अन्जना गुरुङ, कन्हैया सिंह, मुकेश ढकाल्, मेलिना मानन्धर, शान्ती भण्डारी र प्रेमराजा महत लगायतले आ आफ्ना गायन एवम् नृत्यबाट तिज विशेष कार्यक्रमलाई भव्य बनाए ।

सो तिज विशेष कार्यक्रममा सयौंको सँख्यामा सहभागी नेपाली महिलाहरुले दर खाई तीजको गीतहरुमा नाँचेका थिए । कार्यक्रममा सो तिज दरको ब्यवस्थापन ब्रुक मिडो फार्मले गरेको थियो । यस्तै सो कार्यक्रमलाई इनास पेन्सिलभेनियाका उपाधक्ष्य बिशाल ढुङानाले सञ्चालन गरेका थिए । सो साँस्कृतिक कार्यक्रमको संयोजन भने कलाकार राजु बजाजले गरेका थिए ।