स्वरुपको तिम्रै नग्मामा आकाश प्रिन्सी र प्रिज्माको त्रिकोणात्मक प्रेम


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ भदौ

स्वरुपराज आचार्यको स्वरमा नयाँ गीत ‘तिम्रै नग्मा’को भिडियोलाई दर्शकमाझ आएको छ । दीपक सिलवालको शब्द संगीत रहेको गीतलाई स्वरुपराज आचार्यको स्वरमा ८ वर्ष पछि पुनः रेकर्डिङ गरेर बजारमा सार्वजनि गरिएको हो । सार्वजनिक गीतको भिडियोलाई दर्शकले रुचाए संगै युटुव ट्रेन्डिङमा पर्न सफल भएको छ । किरण कंडेलको एरेन्ज रहेको यो गीत आफ्नो मनको नजिकको गीत भएकाले पुन रेकर्ड गरेर बजारमा ल्याएको संगीतकार तथा गीतकार सिलवालले बताए ।

माइकल चन्द निर्देशित गीतको भिडियो यो समाचार तयार पार्दा सम्म चौथो नम्वर ट्रेन्डिङमा छ । अभिनेता आकाश श्रेष्ठ र मोडलद्धय प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडा अभिनित यो गीतको भिडियो दर्शकले अहिले रुचाएका छन् । यो गीतलाई महिलाको स्वरमा पनि रेकर्ड गरिएको छ । गायिका अस्मिता अधिकारीको स्वरमा पनि यो गीत रेकर्ड गरिएको छ । एक महिनापछि महिला भर्सनको भिडियो पनि रिलिज गरिने भएको छ ।

अहिलेको भिडियोमा विवाहेत्तर सम्बन्ध र त्यसले निम्त्याउने दुर्घट्नालाई रोमाञ्चक शैलीमा प्रस्तुत गरिएको छ । यो गीतको भिडियोमा केही रहस्यहरु छाडिएको छ । बाँकी रहस्य अर्को भिडियोमा खुल्ने निर्देशक माईकलको भनाई छ । उत्सब दहालको छायाँकन रहेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन्।