किर्तिमानी गीतकार उपाध्यायको नाम केवल तिम्रो…


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ भदौ

गिनिज अफ वल्र्ड सहित ५९ वटा विश्व रेकर्ड राख्न सफल किर्तिमानी गीतकार डा. डि आर उपाध्ययको रचनामा नयाँ गीत नाम केवल तिम्रो…को भिडियो बजारमा आएको छ ।

गीतमा गायक प्रताप दासको स्वर रहेको छ । जसमा सागर अधिकारी ‘शरद’को संगीत रहेको छ । गीत निकै कर्णप्रिय बनेको छ । आफूले माया गरेकी मायाको तारिफ गरिएको गीतको भिडियो समेत बनेको छ । जसमा अनुप बोहरा र रक्षा न्यौपानेको अभिनय देख्न सकिन्छ । भिडियोले प्रेमकथा देखाउन खोजेको छ ।

कृष्ण पौडेलको निर्देशन रहेको भिडियोमा सुजन श्रेष्ठको छायाँकन र युवराज खत्रीको सम्पादन छ । डा. उपाध्यायले गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विविध ५९ विधामा विश्व रेकर्ड राखेका छन् । सबै वर्ग, पेशा र समुदायका लागि गीत लेखन गर्दे आएका उनको २४ एल्बम आएका छन् । मायाप्रेम, रोमान्स, विछोडका बिषयमा गति लेख्न माहिर उनले छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योग सम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर, किसान र भरिया सम्बन्धी गीतलगायत बिभिन्न परिवेशका गीत बनाएका छन् ।