शान्तिप्रिय, अनामीका र झरनाको फूलै फूल्यो तिउरी


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ भदौ

फूलै फूल्यो तिउरी टिपी कानमा सिउरीए
स्वामी राजा मुस्कुराए लाजैले म निहुरीए
वरीलै तीजैको रहर
कोही गाउँछन् संगी कोही नाच्छन् संगी
वरिलै खुलेर गाउँ सहर …..

नजिकिँदै गरेको तीजलाई लक्षित गरेर अग्रज गीतकार एवम् पत्रकार शान्तिप्रियले नयाँ गति फुलै फूल्यो तिउरी…को भिडियो बजारमा ल्याएका छन् । विगत केही वर्ष देखी नियमित रुपमा तीज गीत लेखिरहेका शान्तिप्रियले तीजैको मुखमा आएर गीत रीलीज गरेका हुन् ।

यो गीतको भिडियोलाई सिसि नेपाल युट्युब च्यानल मार्फत रीलीज गरीएको छ । चित्रकार तथा संगीतकार गायक ज्योती प्रकाशले संगीत गरेको यस गीतमा अहिलेका जल्दावल्दा एरेञ्जर तथा संगीतकार राजेन्द्र बजगाईले एरेञ्ज गरेका छन् । गीतलाई  गायीका दुर्गा परियारले आवाज प्रदान गरेकी छिन् । गीतको मीक्सीङ भने मनोज परियारले गरेका छन् ।

गीतमा अभिनेत्री एवं मोडल अनामीका चौलागाई र नव मोडल झरना परियारको अभिनय छ । यो गीतबाट डेब्यू गरेकी झरना परियारको पनि अभिनय राम्रो छ । भिडियो छायांकन गोविन्द अञ्जानले गरेका छन् । भिडियोकोे कलर कलेक्शन मिलन गुरुङले गरेका हुन् भने नृत्य निर्देशन तथा संपादक राजिव बलामीले गरेका छन् । भिडियोलाई शान्तिप्रियले निर्देशन गरेका हुन् ।