प्रथम उपराष्ट्रपतिबाट चलचित्रकर्मी, श्रष्टा तथा राष्ट्रिय व्यक्तित्व सम्मानित


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ भदौ

गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले राजधानीमा आयोजित एक कार्यक्रमका बीच विभिन्न कलाकर्मीहरु तथा राष्ट्रिय ब्यक्तित्वहरुलाई सम्मान गरेका छन्।

पूर्व उप राष्ट्रपति झाले रिवन इन्टरटेनमेन्टद्वारा ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलम आयोजित कार्यक्रममा कलाकार अन्तर्गत अभिनेताहरु धिरेन शाक्य, प्रदीप बास्तोला, बिकाश चापागाईं, प्रेम पाण्डे, शुशिल श्रेष्ठ, देव महतो, प्रवण भुषाल, तुलसी प्रसाद श्रेष्ठ, दुर्गा बास्तोला, अभिनेत्री साक्षी लम्साल, हास्य अभिनेता गोपाल ढकाल (छन्दे) लाई आ आफ्नो क्षेत्रमा योगदान  पुर्याएवापत सम्मान गरे ।

राष्ट्रलाई पुर्याएको योगदान : विशिष्ट व्यक्तित्व तथा स्रष्टालाई सम्मान भन्दै राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८ नाम दिइएको कार्यक्रममा पूर्व राष्ट्रपति झाले फिल्म निर्देशकहरु राजेन्द्र उप्रेती, सुदर्शन थापा, मधुसुदन भट्टराई, कल्याण अधिकारी, सौरभ चौधरी, अम्बर बहादुर बिश्वकर्मा, राजु अधिकारी र ऋषिराज आचार्य, म्युजिक भिडियो निर्देशक बिधान कार्की, फिल्म निर्माता नबिन अधिकारी, बेनी ढुंगाना फिल्म लेखक शिवम अधिकारी र आरति अधिकारलाई सम्मान गरे ।

यस्तै संगीतकर्मी सम्मानबाट संगीतकार दीपक शर्मा, अर्जुन पोखरेल, बिशाल ढकाल र राजेन्द्र बजगाईं, गायक तथा संगीतकार भुवन प्यासी, गीतकार बी पाण्डे, दयाराम पाण्डे, प्रतिमा गुरुङ र रामप्रसाद कंडेल, गायक सुरज पौडेल र चिरन्जिवी भण्डारी, गायिका पारु रंजित, भावना आचार्य, छनु गुरुङ, लक्ष्मी आचार्य र सरिता भारती, बाद्यवादक सुनिल सिंह नेपालीलाई राष्ट्रिय सम्मानबाट सम्मानित गरे ।

कार्यक्रममा चलचित्रकर्मी सम्मानबाटै कोरीयोग्राफर सुवास बुढाथोकी, रामजी लामिछाने, फिल्म छायांकार धनदिप योंजन (सौरभ लामा), जीवन पराजुली र रविचन्द्र कोईराला, फिल्म सम्पादक भुपेन्द्र अधिकारी, खालित खान (शाहिल) र सुरेश कुमार राउत, फिल्म रंग संयोजक रेनिश फागो, भिएफएक्स आर्टिस्ट अच्युत बजगाईं, मेकअप आर्टिस्ट टेक राज पाण्डे, गीता पौडेल, जमुना पुनलाई राष्ट्रिय सम्मानबाट सम्मानित गरे ।

कार्यक्रममा रंग पत्रकार जीवन पराजुली र रेडियो कार्यक्रम प्रस्तोता महेश लिम्बुलाई राष्ट्रिय पत्रकारिता सम्मानबाट सम्मानित गरिएको थियो ।
यस्तै साहित्यकार तथा गीतकार रचना महर्जन शाक्य, सुरेन्द्र महर्जन र ज्ञानेश्वर तिवारी, फेसन डीजाइनर अमित झा, मिसेस एशिया प्यासिफिक÷मिसेस नेपाल इन्टरनेसनल चन्दा थापा गिरी, फेसन/पेजेन्ट कोरीयोग्राफर अश्विनीकान्त झा, पेजेन्ट निर्देशक बालकृष्ण पोखरेल र प्रिती कार्की, फिल्मकर्मी केडी प्रसित, सम्मान गरियो ।

त्यस्तै कार्यक्रममा व्यवसायी अनुप के. बराल, भुषणकुमार श्रेष्ठ, गोमा अधिकारी धिताल, र टपेन्द्र शाही, अग्रज ब्युटिसियनहरु कुमारी सिग्देल लामिछाने र रेणु राना मगर, रचना शाक्य महर्जन स्वास्थ्यसेवी त्रिजा ढकाल पनि राष्ट्रिय सम्मानबाट सम्मानित भए ।

रिवन इन्टरटेनमेन्ट प्रालिले आफ्नो सातौं बार्षिकोत्वका अवसरमा आयोजना गरेको कार्यक्रम नेपालको प्रथम अभिनेत्री भुवन चन्द थापा र त्रिभुवन अन्तराष्ट्रिय विमानास्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा प्रमूख अतिथी प्रथम पूर्व उपरााष्ट्रपति झाले कला क्षेत्रका विभिन्न विधामा काम गर्ने व्यक्तित्वलाई सम्मानित गर्न पाएकोमा खुशी व्यक्त गर्दै कला क्षेत्रमा काम गर्नेहहरु राजनीति गर्नेभन्दा धेरै माथी रहेको चर्चा गरे ।

आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशु झाले स्रष्टाको सम्मानमा स्वास्थ्य मापदण्ड अपनाउँदै कार्यक्रम आयोजना गरिएको बताए ।
प्रथम अभिनेत्री थापाले आफुले काम गरेको क्षेत्रका नयाँ पुस्ताले कला क्षेत्रकाई चलायमान राखिरहेकोमा साधुवाद दिइन् । यो सम्मानले अहिले निराश रहेका चलचित्रकर्मीमा केही उर्जा मिल्ने विश्वास उनले कार्यक्रममा व्यक्त गरिन् ।