धुर्मुस सुन्तलीले उद्घाटन गरेर म्युजिक किचन, एकै थलोबाट सँगीतको सबै सेवा


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ भदौ

पछिल्लो समयको व्यस्त युवा संगीतकार तथा गायक राजेन्द्र बजगाईंले आधुनिक सुविधा सम्पन्न रेकर्डिङ स्टुडियो ‘म्युजिक किचन’ सुरु गरेका छन् । काठमाडौंको अनामनगर स्थित बिग मार्ट नजिक रहेको म्युजिक किचनको हास्यव्यँग्य अभिनेता तथा सामाजिक अभियान्तद्धय सिताराम कट्टेल (धुमुर्स), कुन्जना घिमिरे (सुन्तली) ले उद्घाटन गरेका छन् ।

धुमुर्स सुन्तलीले निर्माण निर्देशक गरेको चलचित्र ‘म त मर्छुकी क्याहो’ को गीत बजाएर तथा केट काटेर यी दम्पत्तीले म्युजिक किचनको शुभारम्भ गरेका हुन् । म्युजिक किचनलाई संगीतकार तथा एरेन्जर राजेन्द्र बजगाईँसँगै गीतकार लोकराज अधिकारी, भिडियो निर्देशक प्रकाश धितालले तथा टिमले यो स्टुडियो सञ्चालनमा ल्याएका हुन् ।

यो स्टुडियोमा गीत लेखन, संगीत सृजना, संगीत संयोजना, गीत रेकर्डिङदेखि, म्युजिक भिडियो निर्माण देखि सम्पूर्ण सेवा आफुहरुले प्रदान गर्ने संगीतकार राजेन्द्र बजगाईंले उद्घाटन समारोहमा बताए । हास्यब्यँग्य अभिनेता सिताराम कट्टेलले आफ्नो चलचित्र म त मर्छुकी क्या होकी ए मेरो परान…गीत पनि म्युजिक किचनमा तयार गरेको र यहाँको रेकर्डिङ गुणस्तरयुक्त भएको बताए ।

यस्तै हास्य अभिनेत्री कुन्जनाले पनि राम्रो र गुणस्तर युक्त गीत र भिडियोको लागि म्युजिक किचन अहिलेको उपयुक्त ठाउँ भएकाले आफुहरुले सँगीत सम्बन्धि कामहरु म्युजिक किचनबाटै गर्ने बताईन् । आफ्नो चलचित्र म त मर्छुकी क्या हो यो हो मूभिबाट रिलिज भएको बताउँदै यो हो भूमिको एप्स डाउनलोड गरेर आफ्नो फिल्म हेर्न पनि अनुरोध गरिन् ।

गीतकार शान्ति प्रिय, डब्बु क्षत्री, डि आर राई, गायक तथा संगीतकार सरोज कोईराला, भुवन प्यासीले पनि आफुले पछिल्लो समय म्युजिक किचनमै गीतहरु रेकर्ड गर्दै आएको बताए । म्युजिक किचन र राजेन्द्रको टिमलाई शुभकामना दिँदै उनीहरुले यो स्टुडियो र टिमले उत्कृष्ट सेवा दिने गरेको बताए ।