डा. डि.आर. उपाध्यायले फेरी ७ वटा थप्दै ५९ विश्व रेकर्ड पुर्याए


ब्युटी न्युज नेपाल
काठमाडौं, १० भदौ

विश्व किर्तीमानी गीतकार तथा कवि साहित्यकार डा. डि.आर.उपाध्यायले फेरी ७ वटा विश्व रेकर्ड बनाएका छन् । यस अघि गिनिज बुक अफ वल्र्ड सहित ५१ वटा विधामा उनले विभिन्न विश्व रेकर्ड बनाएका थिए । बिहिबार अरु थप ७ वटा विश्व रेकर्ड बनाउँदै उनले आफ्नो विश्व रेकर्डको सँख्या ५९ वटा पुर्याएका छन् ।

बिहिबार काठमाडौंमा एक समारोहबीच पूर्व श्रममन्त्री रामेश्वर राययादब, अग्रज गीतकार चुडामणि देवकोटा तथा अग्रज साहित्यकार राधेश्याम लेकालीले डा. उपाध्यायलेलाई यी वटा नयाँ विश्व रेकर्ड प्रदान गरे । यि तीनजनाले डा. उपाध्यायको यो कार्य नेपालकै लागि गौरबको कुरा भएको जिकिर गरे ।

एक महिना अघि उनले फरक ७ वटा गीति कविता सार्वजनिक गरेका थिए । तीनै ७ वटा गीति कविताबाट थप ७ वटा विश्व रेकर्ड डा. उपाध्यायले बनाएका हुन् । गिनीज अफ वल्र्ड रेकर्ड सहित विश्वका चर्चित ५२ वटा विधामा यस अघि विश्व रेकर्ड कायम गरेका गीतकार तथा साहित्यकार उपाध्यायले यी ७ वटा गीति कवितालाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गरेका थिए ।

उनले यसपटक यी थप सात बिश्व रेकर्डलाई पनि द ब्रिटिस वल्र्ड रेकर्ड, अमेरिकन वल्र्ड रेकर्ड, डब्लुएसी वल्र्ड रेकर्ड, एसियन वल्र्ड रेकर्ड, युरोपियन वल्र्ड रेकर्ड, आसाम वल्र्ड रेकर्ड, एभरेष्ट वल्र्ड रेकर्ड, च्याम्पियन वल्र्ड रेकर्ड, युनिभर्सल वल्र्ड रेकर्ड, अफिसल वल्र्ड रेकर्ड, ओएमजी वल्र्ड रेकर्ड, सुप्रिम वल्र्ड रेकर्ड, युआरएफ एशियन वल्र्ड रेकर्ड, बँगाल वल्र्ड रेकर्ड गरी विश्वका १४ वटै वल्र्ड रेकर्डमा दर्ता गराएका छन् ।

डा. उपाध्यायले यसपटक विश्व रेकर्ड बनाएका गीति कवितामा विश्वका ११० म्युजिक ब्यान्डको नाम समेटिएको गीति कविता, हामी शब्द ६० पटक समेटिएको गीति कविता, १७० मोवाईल फोनको नाम समावेश गरिएको गीति कविता, ५३ विभिन्न प्रजातिको कुकुरहरुको नामबाट तयार गीति कविता, संसारका प्रचलित ४१ वटा ह्याट–क्वापको नाम समेटिएको गीति कविता, शब्दको अन्त्यमा ४३ यो अक्षर समावेश गरि बनाईएको गीति कविता, विभिन्न गाडीका ६० वटा मोडलहरुको नामबाट तयार गरिएको बिषयमा रहेका छन् ।

गीत सँगीत तथा साहित्य सृजनाबाट यती धेरै विश्व रेकर्ड कायम गर्ने उनी पहिलो नेपाली सर्जक हुन् । सबैभन्दा बढी विश्व रेकर्ड बनाउनेमा उनी विश्वको दशौं र एशियाको पहिलो व्यक्तिका रुपमा पर्छन ।