आफैं मोडल बनेर भुलिदेउ भन्दै आए हिमाल सागर


ब्युटी न्युज नेपाल
काठमाडौँ, १० भदौं

पप तथा आधुनिक गायक हिमाल सागरले नयाँ गीत ’भुलिदेउ…’ को भिडियो दर्शकमाझ ल्याएका छन् । उनको यो गीतको छायाँकन अमेरिकामै गरिएको हो । यो गीतमा गायक हिमाल सागरकै संगीत रहेको छ । बियोगान्त भावको यो गीतको शब्द रचना रोहन पौडेल जनकले गरेका हुन । जसमा महेश्वर मान राजभण्डारीको संगीत संयोजन रहेको छ ।

यो भिडयोका छायाँकन पनि अमेरिकामा नै भएको हो । शैलेश घलेले छायांकन गरेको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो।

यो गीतको भिडियोमा पनि हिमाल सागर आफैं मोडलको रुपमा प्रस्तुत भएका छन् । जसमा उनको नायिकाको रुपमा लक्ष्मी ओली प्रस्तुत भएकी छन् । हिमाल सागरकी प्रेमिका बनेकी लक्ष्मीले यो भिडियोमा ब्लड क्यान्सर पीडित युवतीको भूमिका निर्वाह गरेकी छिन् ।

गीत जस्तै भिडियोले पनि दर्शकको मन छुन्छ । लक्ष्मीले यसै भिडियो मार्फत अभिनयमा डेब्यु गरेकी हुन् । जसमा हिमाल र लक्ष्मीसँगै पूर्ण लम्सालको पनि अभिनय रहेको छ ।