रानीको सांगीतिक कोसेली बुझेनन कसैले


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ भदौ

गायिका रानी शाक्यले नयाँ गीत ’बुझेनन् कसैले’ को भिडियो सार्वजनिक भएको छ । यो गीतमा भरत प्रसाद भट्टको शब्द र बिक्रम थापाको संगीत रहेको छ ।

गीतको भिडियोलाइ रानी शाक्यको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतलाइ संसारभरका विभिन्न डिजिटल प्लेटफर्मको पनि संगै रिलिज गरिएको छ । यो गीतको भिडियोमा समिक्षा पोखरेल, विजयराज भुर्तेललगायत धेरै कलाकारको अभिनय रहेको छ । भिडियोमा नरेश ऐरको सिनेमाटोग्राफी ,विजयराज भुर्तेलको सम्पादन र देव धिमालको निर्देशन रहेको छ ।

रानी शाक्यको पछिल्लो समयमा धेरै गीतहरू चर्चित रहेका छन । हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यको अहिले सम्म ५ दर्जन भन्दा बढी गीतहरु आइसकेका छन । आधुनिक , डान्सिङ गीत, लभ भर्सनका गीतहरुको साथै चलचित्रको पार्श्व गायनमा समेत आफुलाई अब्बल सावित बनाइसकेकी छिन ।