धर्मेन्द्रको तीज गीतमा अनु शाह


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ भदौ

अमेरीकामा रहेर पनि नेपाली गीत संगीतमा कलम चलाइरहेका गीतकार धर्मेन्द्र तिम्सिना (क्षितिज)को शव्दमा नयाँ तीज गीत तीजको रमझम… सार्वजनिक भएको छ । गीतमा सुरक्षा सेन्चुरीको स्वर रहेको छ । यस गीतमा संगीत बिकाश चौधरीले गरेका हुन् ।

सार्वजनिक भिडियोमा अनु शाह र सिमा चौधरीको अभिनय रहेको छ । केहि सिनेमा तथा सयौ म्यूजिक भिडियोमा अभिनय गरेकि अनु रातो सारी र सिउँदो भरी सिन्दुरमा सजिएर यस भिडियोमा अभिनय गरेकी छिन् । यस गीतलाई कमल राइले कोरियोग्राफि गरेका छन् ।

भिडियोको निर्देशनउषा मलाह सिम्रनले गरेका हुन् । शिव ढकालको छायांकन रहेको यस भिडियोको सम्पादन बीर बहादुर थारुले गरेका छन् ।