कल्पनाको तीज भाकामा साक्षी लम्सालको छमछमी


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ भदौ

गायिका कल्पना भण्डारको नयाँ तीज गीत आँखा गयो नयाँ चिजैमा…को भिडियो बजारमा आएको छ । यो गीतलाई श्रीकृष्ण बम मल्लले संगीत गरेकी हुन् । गीतलाई बिपिन किरणले लेखेका हुन् । यसमा संगीत संयोजन सुदीप सागरको रहेको छ ।

नजिकिँदै गरेको तीज पर्वलाई लक्षित गरेर ल्याईएको यो गीतमा अभिनेत्री साक्षी लम्सालको आकर्षक नृत्य र अभिनय गरेको छ । साक्षीको जोडी बनेर यो गीतमा रेश्मा भण्डारीले पनि अभिनय गरेकी छिन् ।

गीतको भिडियोलाई बिनोद बमले निर्देशन गरेका हुन् । यो गीत नृत्य प्रधान बनेको छ । साक्षीको नृत्य र अभिनय प्रसँसनीय छ । यो गीतको भिडियोलाई मुकेश हुमागाईंले खिचेका हुन् । जसमा बिनोद बमकै सम्पादन रहेको छ । भिडियोलाई बिपिन क्रियसनको युट्युबबाट रिलिज गरिएको छ ।