म मायाँ गर्छुमा पवित्रा अर्पण


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ भदौ

नयाँ गीत म मायाँ गर्छु…को म्युजिक भिडियो रिलिज भएको छ । म्युजिक भीडियो मोडलिङ, निर्देशन एवं टेलिचलचित्रकी अभिनेत्री तथा मोडल दीपीका भट्ट यो गीतबाट पुनः भीडीयो निर्देशनमा फर्किएकी छिन् ।

अभिनय एवं निर्देशन दुबैमा रुचि राख्ने दिपिका यसो त गीतकार समेत हुन् । बिभिन्न टेलिसिरियलहरु गर्ने गरेकी दिपीका भट्टले आफूलेनै लेखेको गीतको भिडियो लिएर आएकी छिन् । म माया गर्छु… बोलको यो गीतलाई हाइलाइट्स मार्फत रीलीज गरीएको छ ।

यो गीतको भिडियोलाई दीपिकाले निर्देशन गरेकी हुन् । दीपीका भट्टको आफ्नै शब्द रहेको यो गीतको संगीत वसन्त सापकोटाले गरेका छन् भने स्वर इन्दिरा जोशीको रहेको छ ।

गीतको भीडियोलाई डम्बर राईले छायांकन गरेका छन् भने मोडलका रुपमा पवित्रा भट्टराई तथा अर्पण दाहाल रहेका छन् । रोमान्टिक फ्लेवरको यो गीतमा पुजारी र मोडर्न केटी विचको प्रेम कथा दर्शाइएको छ । अब निरन्तर रुपमा भिडीयो निर्देशनमा लाग्ने लक्ष्य राखेकोले यो गीतबाट निर्देशनमा रीटर्न व्याक गरेको दीपीकाको भनाई छ ।