यो वर्षको तीजलाई रितु कँडलले ल्याईन अली अली लजाउँदै…


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ भदौ

यो वर्षको नजिकिँदै गरेको तीज पर्वलाई लक्षित गरेर गायिका गायिका रितु कँडेलले नयाँ तीज गीत अली अली लजाउँदै…दर्शक श्रोतामाझ ल्याएकी छिन् । उनले आफ्नै युट्युब च्यानल मार्फत तीजगीत सार्वजनिक गरेकी हुन् ।

यो गीतमा स्वरसँगै लय र म्युजिक पनि रितुकै रहेको छ । गीतमा गोविन्द मधुर आचार्यको संगीत संयोजन रहेको छ । यो गीतको सम्पादन प्रकाश धमलाले गरेका छन् ।

यो गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियो निर्देशन र कोरियोग्राफी स्मृति तिमल्सिनाको रहेको छ । भिडियोमा रुविना अधिकारी र गायिका रितु स्वयंको अभिनय समेत रहेको छ । यो गीतको भिडियोलाई सुरेश श्रेष्ठले खिचेका हुन् ।