एसडी र मेलिनाको सम्झेर एक्लैमा सलोन र वर्षा


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ भदौ

गायक एसडी योगी र गायिका मेलिना मैनालीले आफ्नो युगल स्वरमा नयाँ गीत ‘सम्झेर एक्लै…’को भिडियो सार्वजनिक गरेका छन् । गीतमा राम अविरल विष्टको शब्द् , एसडी योगीकै संगीत र रिकेश गुरुङ को संगीत संयोजन रहेको छ ।
यो गीतको भिडियो आकर्षक बनेको छ । जसमा अभिनेता सलोन बस्नेत र अभिनेत्री वर्षा राउतको अभिनय रहेको छ ।

विवेक रसाइलीको कन्सेप्ट र निर्देशनमा यो भिडियो तयार भएको हो । भिडियोमा रिजन थापाको मुख्य सहायक निर्देशन, आभाष उप्रेतीको सहायक निर्देशन, उज्जवल जोशीको रंग, भुपेन्द्र अधिकारीको सम्पादन र नवराज उप्रेतीको छायांकन रहेको छ ।