टेकराज पाण्डेलाई बोस्टर अवार्डमा उत्कृष्ट मेकअप आर्टिस्ट अवार्ड प्रदान


ब्युटी न्युज नेपाल
काठमाडौं, २ भदौ

बिगत एक दशकभन्दा लामो समय देखि मेकअप आर्टिस्टको रुपमा क्रियाशिल टेकराज पाण्डेले अवार्ड जितेका छन् । काठमाडौंमा सम्पन्न तेस्रो बोस्टर इन्टरटेन्मेट अवार्ड समारोहमा उत्कृष्ट मेकअप आर्टिष्टको अवार्ड टेकराज पाण्डेलाई प्रदान गरिएको छ ।

समारोहका प्रमुख अतिथि डा। रामशरण महत्त तथा अन्य विशिष्ट अतिथिले पाण्डेलाई प्रमाणपत्र, माला र खादा सहित गरेर अवार्ड प्रदान गरेका थिए । विगत एक दशक भन्दा लामो समयदेखि मेकअप आर्टिष्ट र मेकअप प्रशिक्षकको रुपमा आफ्नो उत्कृष्टता प्रदान गर्दै आएको भन्दै पाण्डेलाई त्यो अवार्ड प्रदान गरिएको हो ।

पाण्डेले थुपै राष्ट्रिय अन्तराष्ट्रिय समेत अवार्ड जितेका छन । उनी राज मेक अप स्टुडियोका प्रमुख समेत हुन । मेकअप आर्टिस्ट पाण्डेले ईभेन्ट क्षेत्रमा पनि सफलता हासिल गरेका छन । पाण्डेसंगै नेपालका ख्यातिप्राप्त व्यक्तित्वहरुलाई उक्त कार्यक्रममा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।